अख्तियारमा शिक्षाका उजुरी धेरै

अख्तियारमा शिक्षाका उजुरी धेरै
+
-

सुर्खेत–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा सबैभन्दा बढी उजुरी शिक्षाका परेका छन्।

प्रदेश ६ का दश जिल्लालाई कार्यक्षेत्र बनाएको आयोगको कार्यालय सुर्खेतमा शिक्षा क्षेत्रमा सबैभन्दा अनियमितता भएको उजुरी परेका हुन्।

कार्यालयमा परेका दुई सय ४३ उजुरी मध्ये सबैभन्दा बढी शिक्षा मन्त्रालयसँग सम्बन्धित छन्।

कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार यस प्रदेशका दश जिल्लाबाट शिक्षा क्षेत्रका एक सय ४८ उजुरी परेका हुन्।

यीमध्ये ४३ वटा फर्छाैट गरिएको छ भने एक सय पाँच उजुरी बाँकी छन्। यस्तै, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक सय २२, स्वास्थ्यका २५, उर्जाका २२, सिँचाइका २० वटा उजुरी परेका छन्।

यस्तै, खानेपानी तथा सरसफाइका १७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका १३, सहरी विकासका ११, गृहका ११, भौतिक पुर्वाधार तथा यातायतमा १० उजुरी परेका छन्।

विद्यालयमा भवन बनाउँदा गुणस्तर नभएको, छात्रवृति रकममा दुरुपयोग भएको, पाठ्यपुस्तक वितरणमा, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएका उजुरीहरु धेरै परेको कार्यालय प्रमुख रविलाल पन्थले बताए।

चालु आव र गतअवका गरी जम्मा चार सय ८३ उजुरी कार्यालयमा परेका छन्। यीमध्ये ३६ वटा उजुरी विस्तृत अनुसन्धानमा छन्।

सबैभन्दा बढी उजुरी पर्नेमा सुर्खेत जिल्ला छ भने, दैलेख दोस्रो र कालिकोट जिल्ला तेस्रोमा परेको छ।

कार्यालयको तथ्यांक अनुसार ९५ उजुरी सुर्खेतका छन् भने दैलेखका ८५, कालिकोटका ७७, जाजरकोटका ६८, हुम्लाका ४६, रुकुमका ३० वटा उजुरी परेका छन्।

यस्तै, मुगु जिल्लाबाट २१, डोल्पाका १९, सल्यानका १९ वटा उजुरी परेका छन्।

कार्यालयमा परेका उजुरीहरुमध्ये अधिकांश उजुरीहरु फर्छ्यौंट गरिएको कार्यालय प्रमुख पन्थले बताए।

प्रदेशमा शिक्षाका उजुरी बढी परेपनि सुर्खेतमा भने बन तथ भू–संरक्षण मन्त्रालयसँग सम्वन्धित धेरै उजुरी परेका छन्। हालसम्म परेका चार सय ८३ उजुरीमध्ये तीन सय ४३ उजुरी फर्छ्यौट हुन बाँकी छन्।

प्रदेशमा कार्यसम्पादन गर्नका लागि अनुचित कार्यमा क्षेत्राधिकार नहुनु, भौगौलिक विकता, उजुरीहरुको गुणस्तरीयता बृद्धि गर्न नसकिनुलगायतका चुनौती रहेको उनले बताए।

भौगोलिक विकटताका कारण हिमाली जिल्लाबाट परेका उजुरीहरुमा प्रभावकारी रुपमा छानबिन गर्न समस्या हुने गरेको उनको भनाइ छ।

कार्यालयले एक सय ८१ चिठिपत्र , १८ वटा इमेलमा, ९ वटा पत्रपत्रिका, १९ वटा फयाक्स, फेसवुकबाट एक, टेलिफोनबाट दुई र २ वटा उजुरी लिइएको बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?