रञ्‍जना हत्याका आरोपी पोखराबाट पक्राउ

+
-

कास्की- पुस ८ गते हत्या गरिएकी जनकपुर उपमहानगरपालिका-२, किशोर नगरीकी २२ वर्षीया रञ्‍जना शर्माको हत्यामा संलग्‍न आशंकामा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उनका श्रीमान् आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र उनकी श्रीमति रिकुकुमारी शर्मा रहेका छन्।

उनीहरुलाई पोखराको अमरसिंह चोकबाट पक्राउ गरिएको हो। आनन्द मोहन पोखराको वन विज्ञान अध्ययन संस्थान मा कार्यरत छन् भने जेठाजु अमरसिंहचोकको वाणिज्य बैंकमा कार्यरत छन्।

मृतक रञ्जना शर्माका आफन्त प्रभादेवी ठाकुरले घटनामा संलग्न भएको भनी जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएकी थिइन्।

सोही पत्रको आधारमा कास्की जिल्ला प्रहरीले आरोपित ब्यक्तिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई सोमबार नै धनुषा प्रहरीको जिम्मा लगाइएको सिंहले बताए। २२ वर्षीय रञ्‍जना शर्माका आफन्तले दाइजोका कारण उनको हत्या भएको दाबी गर्दै आएको छ।

यसअघि धनुषा जिल्ला अदालतले रञ्जनाका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरिसकेको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?