‘म तपाईसँग काम गर्न इच्छुक’

‘म तपाईसँग काम गर्न इच्छुक’
+
-

काठमाडौं- भारतीय संस्थापनसँगको चिसो सम्बन्धलाई अनकुल बनाउने प्रयास स्वरुप नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका केपी ओेलीले सम्बन्ध सुधारमा सक्रिय कदम चालेका छन्।

भारतीका ६९ औं गणतन्त्र दिवसका अवसरमा यही २६ जनवरीमा ओलीले मोदीलाई बधाई दिँदै पत्र लेखेका छन्,’जसमा एउटा स्वतन्त्र र सार्वभोम राष्ट्रका रुपमा भारतको उदयका लागि त्यहाँ भएको संघर्ष, गौरवशाली बलिदान अनि जनताद्धारा निर्वाचित प्रतिनिधिद्धारा संविधानको घोषणाले त्यहाँका जनताको चाहनालाई प्रतिविम्वित गरेको स्मरण गर्दै नेपालले पनि त्यो अनुभवबाट फाइदा उठाउने छ। ’

पत्रमा थप लेखिएको छ,’हामी पनि हाम्रो संविधान कार्यान्वयनको प्रक्रियामा छौं । त्यसको पहिलो कदम स्वरुप हामीले संघीय संसद, प्रान्तीयसभा र स्थानीय निकायको चुनाव सम्पन्न गरेका छौं ।’

ओलीले भारतले नेपालको संविधान देखाएको उदासिनताबारे भने पत्रमा केही लेखेका छैनन् । भारतीय गणतन्त्रका अवसरमा सबै किसिमका सफलताका लागि उनले सुभकामना व्यक्त गरेका छन् ।

दुई मुलुक र जनताबीच अझ घनिष्ट सम्बन्धको आफ्नो चाहाना रहेको पनि उनले व्यक्त गरेका छन्।

‘आफूलाई भावी प्रधानमन्त्रीरुपमा नचिनाई ओलीले लेखेका छन्,’ हालै सम्पन्न चुनावमा निर्वाचित जनप्रतिनिधि र संघीय संसदमा सबैभन्दा ठूलो पार्टीका नेताका रुपमा महमहिम तपाईं र तपाईंको सरकारसँग दुवै मुलुकका भलाईका लागि म काम गर्न इच्छुक छु ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?