‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज, एमालेसँग सम्बन्ध सुधारको प्रयास

‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज, एमालेसँग सम्बन्ध सुधारको प्रयास
+
-

काठमाडौं- भारतीय विदेशमन्त्री सुषमा स्वराज २३ घण्टे ‘राजनीतिक’ यात्रामा बिहीबार नेपाल आउँदै छन्।

नेपालमा निर्वाचन समाप्त भई वाम गठबन्धनको सरकार बन्ने निश्चित भए पनि नयाँ सरकार गठन अझै हप्तौँ टाढा देखिएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा स्वराज यहाँ आउन लागेकी हुन्।

प्राप्त सूचनाअनुसार पाँच दिनअघि मात्र कार्यभार सम्हालेका विदेश सचिव विजय गोखलेसहित स्वराजको टोलीमा हुनेछन्।

विशेष विमानबाट बिहीबार अपरान्ह ४ बजे काठमाडौं आई शुक्रबार ३ बजे दिल्ली फर्किनुअघि स्वराजले नेकपा एमाले अध्यक्ष केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउबासँग बेग्लाबेग्लै र उनीहरुको टोलीसँग समूहगतरुपमा भेट्न कार्यक्रम तय भएको छ।

सामान्यतया: आतिथेय मुलुकको निमन्त्रणमा या दुई पक्षीय मामिलालाई सम्बोधन गर्न यस्ता भ्रमण हुने गरे पनि गत माघ सात गते मोदीले टेलिफोनमार्फत ओलीलाई प्रधानमन्त्रीका रुपमा भारत भ्रमणको निम्तो दिँदै त्यसको तयारी स्वरुप स्वराज नेपाल आउने जानकारी दिएका थिए।

तर, यो जानकारी कूटनीतिक तहमार्फत नभएर राजनीतिक तहमै भारतीय पक्षले दिए पनि नेपालको परराष्ट्र मन्त्रालय स्वराज भ्रमणका विस्तृत कार्यक्रमबारे जानकार नभएको स्रोत बताउँछ।

एमाले महासचिव ईश्वर पोखरेलले देशसञ्चारसँग बताएअनुसार बिहीबार नै स्वराज र पार्टी अध्यक्ष ओलीबीच एक्लाएक्लै वार्ता हुने छ र रात्रिभोजपछि एमाले नेतृत्वबाट अरु पनि सामेल हुनेछन्।

खासगरी २०७२ असोजमा संविधान जारी नगर्न भारतले दिएको दबाबलाई त्यसबेलाका प्रधानमन्त्री सुशील कोेइराला र उनका उत्तराधिकारीका रुपमा कार्यभार सम्हालेका ओलीले अवज्ञा गरेपछि भारतले नाकाबन्दी लगाएको थियो र त्यसलाई मुलुकभित्र तथा अन्तर्राष्ट्रिय मञ्चबाट ओलीले कडा विरोध गरेका थिए।

लगत्तै उनले चीनसँग व्यापार तथा पारवहन सहमति गरेका थिए।

वाम गठबन्धनकै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा नेपालले चीनसँग ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ मा सहभागी हुन हस्ताक्षर गरेको पृष्ठभूमिमा वाम गठबन्धनले निर्वाचनमा बहुमत हासिल गरेपछि त्यो रणनीतिक रुपमा महत्वपूर्ण रहेकाले नेपालसँगको सम्बन्धबारे भारत थप आशंकित बन्न पुगेको हो।

परराष्ट्र मामला विज्ञहरुका अनुसार आफ्नै पहलमा र नेपालमा नयाँ सरकार नबन्दै भारतीय प्रधानमन्त्री मोदीले स्वराजलाई नेपाल पठाउनु त्यही आशंकाको प्रमाण हो।

दिल्ली फर्कनुअघि स्वराजले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम पनि छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?