काठमाडौं – वाम एकता संयोजन समितिको बैठक बिहीबार तीन बजे बस्दैछ।
एमाले संसदीय दलको कार्यालयमा दिउँसो तीन बजे बस्न लागेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयोजन समितिको बैठकले खासगरी प्रदेश सरकार गठनमा कार्यदलले जुटाएको सहमति प्रतिवेदन अनुमोदन गर्ने छ।
एमाले महासचिव इश्वर पोखरेलका अनुसार पार्टी एकताको नेतृत्व,संरचना र सिद्धान्तबारे पनि छलफल हुने छ।
पोखरेलले छलफल सकारात्मक रुपमा अघि बढे पूर्व घोषणा अनुसार बिहीबार नै कार्यदल गठन गरिने छ, जसले बैचारिक र सांगठनिक खाका तयार गर्ने जिम्मेवारी पाउने छ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकताको प्रयास तीव्र पारिएको र यसले सार्थकता पाउने विश्वास व्यक्त गरे ।
एकता गर्ने पहिलो शर्तसहित प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जाँदा बहुमत हासिले गरेको वाम गठन्धनलले त्यसलाई अघि बढाउन भने विलम्ब गरेको छ।
सम्बन्धित समाचार…