प्रधानमन्त्रीसँग लञ्च गरेर फर्किन् स्वराज

प्रधानमन्त्रीसँग लञ्च गरेर फर्किन् स्वराज
+
-

काठमाडौँ- २४ घन्टाभन्दा कम समयका लागि काठमाडौँ आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराज राष्ट्रपति, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर शुक्रबार दिउँसो नयाँ दिल्ली फिर्ता भएकी छन्।

प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको लञ्च बैठकमा भारतीय विदेशमन्त्री स्वराजले नयाँ संविधानअन्तर्गत संघीय संसद, प्रदेशसभा र स्थानीय तह गरी तीनै तहको निर्वाचन सम्पन्न गरेकामा बधाई दिन आफू आएको बताएकी थिइन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराईका अनुसार भारतका विदेशमन्त्रीले प्रधानमन्त्रीलाई शीष्टाचार भेट गर्दै नेपाल भारत सम्बन्धका विविध पक्षबारे कुरा गरेकी थिइन्। सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउन दुवै पक्षले गर्नुपर्ने कामका विषयमा बैठकमा कुराकानी भएको थियो।

‘नयाँ संविधानअन्तर्गत गरेको तीनै तहको चुनावको बधाई दिन आएको भन्नुभयो,’ बालुवाटारमा प्रधानमन्त्रीलगायत सरकार उच्च अधिकारीसँग करिब एक घन्टा लामो लञ्च बैठकबारे प्रेसलाई जानकारी दिँदै भट्टराईले भने।

नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन धेरै कुरा भएको जानकारीसमेत भट्टराईले दिए।

लोकतन्त्र संस्थागत होस् भनेर स्वराजले नेपाली पक्षलाई शुभकामना दिएकी थिइन्।

भट्टराईका अनुसार नेपाल भारत सम्बन्धका विविध पक्षबारे नेपालले आफ्नो प्रतिबद्धता बैठकका क्रममा राखेको थियो।

नयाँ दिल्ली फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुषमा स्वराज । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?