प्रदेश ४ पहिलो बैठकको खाका तयार

प्रदेश ४ पहिलो बैठकको खाका तयार
+
-

पोखरा- प्रदेश नं. ४ को माघ २२ गते बस्ने संसदको पहिलो अधिवेशनको तयारी शनिबार सर्वदलीय बैठक सम्पन्न भएको छ। उक्त बैठकले २२ गतेको कार्यक्रमको खाका बनाएको छ।

बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुखले बाचन गरेर सुनाउने छन्।

लगत्तै प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित हुनेछ। साथै बैठकले सभामुखको अनुपस्थितिमा अर्को सभामुख र उप सभामुखको निर्वाचन नहुँदासम्म संसद सञ्चालनका लागि अध्यक्षमण्डल पनि बनाउने निर्णय भएको छ।

दलहरुबाट एक एक जनाको उपस्थिति रहने छ। अध्यक्ष मण्डलमा को को रहने भन्ने बिषय दलहरुबाट प्रतिनिधित्व गर्नेको नाम प्राप्त भएपछि टुंगो लगाइने सहजीकरणका लागि आएका सहसचिब जीवराज बुढाथोकीले जानकारी दिए।

२२ गते नै सभामुख र उपसभामुखको निर्वाचनको मिति भने नतोकिने बुढाथोकीले बताए। प्रदेश सभाको दोस्रो र तेस्रो बैठक क्रमश: फागुन ३ गते र फागुन ६ गते बस्ने गरी तयारी समेत अघि बढेको बैठकमा सहभागी एमाले सांसद पृथ्वी सुब्बा गुरुङले बताए। उनका अनुसार पहिलो ऐतिहासिक बैठक सहज रुपले सञ्चालन गर्ने गरी वातावरण तयार भएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’