अदुवा अझै गएन भारत

अदुवा अझै गएन भारत
+
-

काँकरभिट्टा- नेपालका पहाडी जिल्लाहरुमा उत्पादित अदुवा आइतबार साँझसम्म पनि भारत निर्यात हुन सकेको छैन। दुई दिन अघि नेपाली अदुवा भारत निकासी खुल्यो भनेर वाणिज्य मन्त्रालयका अधिकारीहरुले भनिरहँदा आइतबार साँझसम्म पनि नेपाली अदुवा भारत जान नसकेको नेपाल अदुवा उत्पादन तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार खड्काले बताए।

आइतबार भारत लैजानका लागि ६ ट्रक अदुवा मेची भन्सार कार्यालय काँकरभिट्टाको परिसरमा राखिएको थियो। तर अदुवा लोड गरेका ट्रक भन्सार कार्यालयबाट फिर्ता आएको खड्काले बताए।

उनले भने, ‘हामीले सरकारी अधिकारीहरुको भनाइलाई आधार मानेर अदुवा ट्रकमा लोड गर्‍यौं। तर आइतबारसाँझसम्म पनि अदुवा गएन। भारतले अहिलेसम्म अदुवा खोलेको छैन।’

भारतले माटोसहितको अदुवामा पटक पटक रोक लगाएको थियो। अहिले नेपाली क्वारेन्टाइनले नै माटो भएको अदुवालाई भारत लैजान रोक लगाएको छ। तर प्रशोधित अदुवा पनि अहिले भारत निकासी हुन नसकेको खड्काले जानकारी दिए ।

भारतले भारतीय व्यापारीहरुकै लागि तोकेको मापदण्डका कारण पनि अहिले अदुवा भारत जान नसकेको नेपाल अदुवा उत्पादन तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहराले बताए।

भारतीय व्यापारीहरुले पहिला नै आयात गरिने मात्रा निर्धारण गरेर त्यस्मा लाग्ने कर पहिला नै तिर्नुपर्ने भएकाले नेपाली अदुवा गोदाम तथा किसानका घरमा थन्क्याउनु परेको उनको भनाइ छ।

भारतीय व्यापारीहरुले भारतीय सरकारले तोकेको मापदण्ड पूरा नगरेकाले अहिले नेपाली अदुवा भारत जान नसकेको हो।

तर प्रशोधित अदुवा बंगलादेश पठाइराखिएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष खड्काले बताए।

खड्काले चालुआर्थिक बर्षमा भारतमा सात सय देखि आठ सय गाडी अदुवा निर्यात हुँदा बंगलादेश तर्फ करिब  ३० ट्रक अदुवा निर्यात गरिएको बताए।

उनले युरोपेली मुलुकहरुमा अदुवा व्यापार संभावनाको खोजी भइरहेको जानकारी दिएका छन्।

सम्बन्धित समाचार 

अदुवा भारत निर्यात भएकै छैनः व्यवसायी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?