प्रदेश ६ मा यसरी चयन गरिनेछ सभामुख

प्रदेश ६ मा यसरी चयन गरिनेछ सभामुख
+
-

सुर्खेत–प्रदेश नम्बर–६ को आइतबार सम्पन्न पहिलो संसद बैठकबाट ‘प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४’ सर्वसम्मत पारित गरिएको छ।

प्रदेशसभा कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र अन्य कार्य नियमित सञ्चालन गर्न पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गरिएको हो।

प्रदेश सरकार सञ्चालन नियमावली निर्माण नहुन्जेल लागु हुने गरी संविधानको धारा १९८ बमोजिम पारित भएको प्रदेशसभा सञ्चालन कार्यविधिले प्रदेश सरकार सञ्चालनका लागि बाटो खुल्ला गरेको छ।

आइतबारदेखि नै कार्यान्वयनमा आएको कार्यविधिअनुसार माघ २९ गते प्रदेश सभामुख चयन गरिँदैछ।

कार्यविधिको दफा ६ लाई कार्यान्वयन गर्दै बैठकका अध्यक्ष एवम् अस्थायी सभामुख हिमबहादुर शाहीले माघ २९ गते दिउँसो एक बजे प्रदेशसभाको दोस्रो बैठक बोलाएका छन्। ६ नम्बर प्रदेशसभा सचिव कृष्णहरि खड्काले आइतबार नै सूचना प्रकाशन गरी सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका छन्।

कार्यतालिका अनुसार माघ २८ गते दिउँसो एक बजे प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यलाई प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने दलहरुको प्रस्ताव दर्ता गर्नेछ।

अन्तरिम कार्यविधि दफा ६ को उपदफा २ कमोजिम सभामुखको निर्वाचनका लागि तोकिएकै दिनको निर्धारित समयभित्र कुनै सदस्यले अर्काे कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सचिवालयमा दिनेछन्।

सोही दिन अपरान्ह २ः३० बजे प्रदेश सभामुख पदका लागि क्रमसंख्या अनुसार दर्ता भएको प्रस्ताव बमोजिम प्रदेशसभा सचिवालयले नामावली प्रकाशन गर्नेछ।

माघ २९ गते प्रदेशसभाको सभाकक्षमा बस्ने दोस्रो बैठकले अन्तरिम कार्यविधि दफा ६ बमोजिम सभामुखको निर्वाचन गराइनेछ।

कार्यविधि दफा ६ को उपदफा ३ अनुसार सभामुख उम्मेदवारका प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ। तर, सभामुखका लागि एउटा मात्रै प्रस्तावको सूचना सचिवालयमा प्राप्त भएमा समर्थक सदस्यले बोलेपछि बैठकका अध्यक्ष शाहीले प्रस्तावित सदस्यलाई सभामुखमा निर्विरोध निर्वाचित घोषणा गर्नछन्।

तर, सभामुखका लागि एक भन्दा बढी प्रस्ताव दर्ता भएमा प्रस्तावक सदस्यले दर्ता क्रमाअनुसार प्रस्ताव प्रस्तुत गर्ने छन्। समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावकहरु माथि छलफल हुनेछ। त्यसपछि अध्यक्ष शाहीले प्रस्तावहरुलाई क्रमश निर्णयार्थ प्रस्तुत गर्नेछन्। निर्णय दस्खतसहितको मत विभाजनद्धारा मतदान हुनेछ।

मत विभाजन भएपश्चात अन्तरिम कार्यविधि दफा ६ को उपदफा ६ बमोजिम बहुमत प्राप्त प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिनेछ।

प्रदेश नम्बर–६ को प्रदेश सरकार एमाले–माओवादी बीचको भागबण्डामा गठन हुने भएको छ । पार्टी एकिकरणको उद्देश्यले चुनावमा हुमिएको वाम गठबन्धनले करिव तीन महिना वितिसक्दासमेत पुर्णता पाउन सकेको छैन् । दुबै पार्टी एकता नहुँदै प्रदेश सरकार गठन गर्दा ६०/४० को भागबण्डा मिलाएका छन् । सोही अनुसार माओवादी केन्द्रले यस प्रदेशमा मुख्यमन्त्री पाउनेछ ।

प्रदेशमा सबैभन्दा बढी सीट जितेको एमालेले भागबण्डाका कारण सभामुखसहित पाँच मन्त्रीमा चित्त बुझाउनुपर्नेछ । माओवादी केन्द्रले भने मुख्यमन्त्रीसहित एक मन्त्री पाउने पक्का भएको नेताहरु बताउँदै आएका छन् । मुख्यमन्त्री भाग पाएको माओवादी भित्र को मन्त्री बन्ने भन्ने रस्साकस्सी चलेको छ ।

कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारीले मुख्यमन्त्रीमा दावी गरेका छन् । प्रदेश नम्बर ६ का प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले मुख्यमन्त्रीका लागि केही दिनमा टुङ्गो लगाउने बताए । ‘करिव तीन जनाको नाम प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गर्छ । उनले भने,‘सोही अनुसार मुख्यमन्त्रीको टुङ्गो लाग्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?