भारत प्रस्थानपूर्व ज्ञानेन्द्रले मुख खोले-पात फेरिएला, जरा कहिल्यै फेरिँदैन

+
-

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुत्वलाई बढी सरल, व्यवहारिक र स्वीकार्य बनाउनु पर्ने धारणा व्यक्त गरेका छन्।

पुरीमठका जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औँ वर्षका अवसरमा आयोजित विभिन्न समारोहमा विशेष अतिथिका रुपमा उडिसा जाने क्रममा पूर्वराजा शाहले सोमबार विमानस्थलमा भारतमा भ्रमणका क्रममा व्यापक हिन्दु समुदाय र त्यसका नेतासमक्ष आफ्नो मान्यताको वकालत गर्ने पनि बताए।

भारत भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुअगावै सोमबार उनका समर्थक राष्ट्रिय झण्डा, फूलमालासहित विभिन्न भेषभुषामा नारा लगाउन थालेका थिए।

उनी पुग्नु करिब आधा घण्टा अगावै भिआईपी कक्षसम्मै पुगेका सयौं सर्वसधारण र सर्मथकहरुको प्रर्दशनले ज्ञानेन्द्र स्वयमलाई जोगिएर भित्र छिर्न मुस्किल पर्‍यो।

भिड छिचोलेर भित्र पसेपछि उनले भने, ‘अहिलेको हाम्रो लक्ष्य भनेको राष्ट्रमा हाम्रो मान्यता फेरि आउनु पर्छ भन्ने हो तर त्यो चाहिँ व्यवहारिक हुनु पर्‍यो र सबैलाई समेट्नु पर्यो।’

उनले त्यो लक्ष्य के हो भन्नेबारे स्पष्ट नपारे पनि नेपालको हिन्दु राष्ट्रको पुनर्स्थापनामा आफू सक्रिय हुने संकेत दिए।

मुलुकलाई रुखसँग दाँज्दै उनले भने, ‘रुखलाई हेरौँ, वर्षैपिच्छे पात झर्छन् र फेरिन्छन् तर जरा कहिले फेरिँदैन र उसले ठाउँ पनि फेर्दैन।’

विभिन्न अवसरमा नेपालको मौलिक संस्कृति, सभ्यता, धर्म र सामाजिक तथा जातिय सद्भावलाई बाह्य शक्तिहरुले खलबलाएको र त्यस्ता प्रयासलाई पराजित गर्नुपर्ने आव्हान गर्दै आएका पूर्वराजा ज्ञानेन्द्रले पहिलो पल्ट त्यो विषयमा अन्तर्राष्ट्रियरुपमा कुरा गर्नुपर्ने बताएका हुन्।

दुई साताव्यापी भारत भ्रमणमा एयर इन्डियाको विमानबाट कोलकाता प्रस्थान गरेका हुन्।प्राप्त सूचनाअनुसार पूर्वराजाद्वारा गौशाला उद्घाटन, उडिसास्थित जगन्नाथ पुरी, लिंगराज मन्दिर आदिमा पूजा गर्ने कार्यक्रम छ।

 

आयोजक संस्थाका अनुसार पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने पनि कार्यक्रम छ।पूर्व राजा ज्ञानेन्द्र समर्थकले विमानस्थलमा राजा आउ देश बचाउ, मेरो राजा मेरो देश प्राण भन्दा प्यारो छ, संकटबाट जोगाउ देश जस्ता नारा लगाएका थिए।

 

 

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?