पृथ्वीनारायण क्‍याम्पसमा भएको प्रदर्शन नियन्त्रणमा, एक प्रहरी घाइते

पृथ्वीनारायण क्‍याम्पसमा भएको प्रदर्शन नियन्त्रणमा, एक प्रहरी घाइते
+
-

कास्की- सोमबार साँझ नगरबसको ठक्करबाट नेविसंघ नेताको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीको आन्दोलन सामान्‍य बनेको छ। कास्की प्रहरी प्रमुख अशोक सिंहले क्‍याम्पस परिसरमा पुगेर सम्बन्धित पक्षको छानबिन गरी कार्बाही गर्ने प्रतिबद्धता जनाएपछि स्थिति सामान्‍य बनेको हो।

यसअघि पाँच जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि रिहाईको माग गर्दै विद्यार्थीहरुले क्‍याम्पस परिसरमा प्रदर्शन गरिरहेका थिए। विद्यार्थीको प्रदर्शनले उग्र रुप लिँदा एक  सुरक्षाकर्मी घाइते भएका छन्। उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।

आक्रोसित  विद्यार्थी हानेको सिसाले एक सुरक्षाकर्मीको निधारमा गम्भीर चोट लागेर घाइते भएको सिंहले बताए। यस्तै रिपोर्टिङका लागि पुगेका पत्रकार माथि प्रहरीले लाठी चार्ज गर्दा उनको खुट्टामा चोट लागेको छ।

सम्बन्धित समाचार

बसको ठक्करबाट विद्यार्थी नेताको मृत्यु, विद्यार्थी आन्दोलित

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?