औपचारिकतामा बाहेक पार्टी एकता भइसक्यो-नेता प्रभाकर

औपचारिकतामा बाहेक पार्टी एकता भइसक्यो-नेता प्रभाकर
+
-

सुर्खेत-नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताले सरकार गठनपछि मात्रै पुर्णता पाउने माओवादी नेता जनार्दन शर्माले बताएका छन्।

मंगलवार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी एकीकरणलाई औपचारिकता दिन मात्रै बाँकी रहेको बताए।

अनौपचारिक रुपमा प्रतिनीधि र प्रदेशसभाको निर्वाचनताका पार्टी एक भइसकेको भन्दै उनले औपचारिकता दिन छलफल तीव्र पारिएको बताए।

‘एउटै घोषणा पत्र लिएर निर्वाचनमा होमिएपछि पार्टी एक भइसकेको हो’ पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले भने, ‘आमनागरिकले चाहेको औपचारिक रुपमा पार्टी एकता सरकार गठन पछि हुन्छ।’

देशको समृद्धि, स्थायित्व र विकासको एउटै एजेण्डालाई जनताले स्वीकार गरेकाले पार्टी एकीकरण कसैले नरोक्ने उनले ठोकुवा गरे। पार्टी एकीकरण बारे आशंका नगर्न आग्रह गर्दै उनले केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी कमिटी व्यवस्थापन गर्न समय लाग्‍ने बताए।

वाम पार्टीको नेतृत्व भने पुष्पकमल दाहाल प्रचण्डले गर्ने र नयाँ सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति भएको बताए। उनका अनुसार प्रदेश ६ को मुख्यमन्त्री २५ गते टुंगो लगाउने तयारी थालिएको छ। उनले पार्टी पद्धति अनुसार मुख्यमन्त्री चयन गरिने बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’