
काठमाडौं – राष्ट्रियसभाका सदस्यका लागि बुधबार मतदान भइरहेको छ । दुई नम्बर प्रदेशबाहेक अरु ६ वटा प्रदेशमा बिहान १० बजेदेखि मतदान भइरहेको छ । दुई नम्बर प्रदेशमा सबै सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
तीन नम्बर प्रदेशको मतदान ललितपुरको जावलाखेलमा रहेको फुटबल मैदानमा भइरहेको छ । प्रदेशक प्रदेशबाट राष्ट्रियसभा तीन जना निर्वाचित हुनेछन् ।
तीन नम्बर प्रदेशमा आठ प्रदेशका लागि १५ जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा सदस्य निर्वाचित गर्नका लागि ३ नम्बर प्रदेशमा कुल ३४८ मतदाता छन् ।