सडकमा ट्रक, ट्रिपर र ट्यांकरको आतंक

सडकमा ट्रक, ट्रिपर र ट्यांकरको आतंक
+
-

काठमाडौं उपत्यकाभित्र

– माघ ११ गते भक्तपुरमा ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भयो।
– माघ १६ गते काठमाडौंमा मिनिट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भयो।
– सोमबार राति त्रिभुवन विमानस्थलभित्रै नेपाल आयल निगमको हवाई इन्धन बोकेको ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भयो। मृत्यु हुनेमा थाई एयरका टेक्निसियन थिए।

– मंगलबार राति भक्तपुर र ललितपुरमा मंगलबार साँझ भएका दुई वटा दुर्घटनामा दुई जनाको मृत्यु भयो। मृत्यु हुनेमा दुवै पैदल यात्री थिए। दुवैलाई ट्रक (मिनी)ले ठक्कर दिएको थियो।

काठमाडौं उपत्यकाबाहिर
– माघ १९ गते सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भयो।
– माघ २० गते काभ्रेमा ट्यांकरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भयो। सोही दिन नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको ज्यान गयो।
– माघ २० गते दाङमा ट्रिपर दुर्घटना हुँदा ट्रिपरमै सवार दुई जनाको मृत्यु भयो भने त्यसको एक दिनपछि धनुषामा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु हुँदा ज्यान गुमाउने दुवै ट्रिपरमा सवार थिए।
– माघ २२ गते विरगन्जमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भयो।

काठमाडौं– पछिल्लो दुई साताभित्र देशभर ज्यान ज्याने गरी भएका यी केही घटना हुन्। यी दुर्घटनामा कि त ट्रक वा ट्यांकर कि ट्रिपर जोडिएका छन्। सडकमा यी तीनवटै साधनको आतंक दिनप्रतिदिन बढ्दो छ।

चालु आर्थिक वर्षको सुरुको ६ महिनाभित्र काठमाडौं उपत्यकामा ८७ र देशभर पाँच सय सात जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकाभित्र भएका यी घटनामा ज्यान गुमाउनेमा २८ पैदल यात्रु, ४९ जना मोटरसाइकल यात्रु र तीन जना साइकल यात्रु छन्। प्रहरी तथ्यांक अनुसार चालु आर्थिक वर्ष देशभर भएका सडक दुर्घटनामा एक हजार भन्दा बढी मानिस गम्भीर घाइते भएका छन्।

गत आर्थिक वर्षमा देशभर दुई हजार तीन सय ८४ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए भने चार हजार दुई सय ५० जना गम्भीर घाइते भएका थिए। प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मोटरसाइकल सडक दुर्घटनामा पर्ने गरेका छन्। दोस्रोमा जिप/कार र तेस्रोमा ट्रक/ट्यांकरजस्ता सवारी साधन पर्ने गरेका छन्।

गत आर्थिक वर्षमा १६ सय ७० वटा सवारी ज्यान मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्ष देशभर आठ सय ८६ वटा सवारी ज्यान मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरी अध्ययन अनुसार सबैभन्दा बढी दुर्घटना सवारी चालकको लापरबाहीका कारण हुने गरेको पाइएको छ। दोस्रो ठूलो कारणमा तीव्र गति हुने गरेको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी मनोज नेउपानेले ठूला सवारीका चालकले संयमता अपनाउनुपर्ने बताउँछन्। धेरै सवारी दुर्घटनाका अभियुक्त मेलमिलापका कारण मुक्त हुने गरेका कारण पनि सवारी दुर्घटनामा ज्यान गुमाउने र गम्भीर घाइते हुनेको संख्या बढिरहेको बताइन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?