को-को विजयी भए प्रदेश ६ मा?

को-को विजयी भए प्रदेश ६ मा?
+
-

सुर्खेत– राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम जारी छ।

यो समाचार तयार पार्दासम्म प्रदेश नम्बर ६ मा दलित, अपांग र महिला उम्मेदवारहरुको परिणाम सार्वजनिक भएको छ। यस प्रदेशहरुमा आठ पदका लागि १२ जनाको उम्मेदवारी परेको थियो। दलित सदस्यमा एमालेका नरपति लोवार र अपांग सदस्यमा माओवादी केन्द्रका जीवन बुढा विजयी भएका छन्।

साथै महिला सदस्यहरुमा मुगुकी कविता बोगटी, हुम्लाकी युटोल तामाङ्ग र सुर्खेतकी नन्दा चपाई विजयी भएकी छन्

। एकल संक्रमणीयमा महिला कोटातर्फ ११६२ मतभार प्राप्त गरेर वाम गठबन्धनका कविता बोगटी, नन्दा चपाईँ शर्मा र युटोल लामा विजयी भएका हुन्। नेपाली कांग्रेसका सूर्यदेवी मल्लले निर्धारित मतभार पुर्‍याउन नसक्दा पराजित हुनुपर्‍यो।

खुलातर्फको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए।

दलित र अपांगतर्फ पनि वाम गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन्। महिला, दलित र अल्पसंख्यकमा विजयी उम्मेदवारहरु वाम गठबन्धनका हुन्। बुधबार मतदान भएको ६ नम्वर प्रदेशको पूर्ण परिणाम आउन बाँकी छ।

अधिकृत पौडेलका अनुसार आज राती १२ बजेसम्म सम्पुर्ण नतिजा सार्वजनिक हुनेछ। ७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी जम्मा ४ हजार ७ सय ६४ मतभार छ। हाल मतगणना जारी रहेको निर्वाचन अधिकारी सुनिता थापाले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?