वाम एकतालाई गति दिन ओली र दाहाल गोप्य भेटमा

वाम एकतालाई गति दिन ओली र दाहाल गोप्य भेटमा
+
-

काठमाडौं -वाम एकतालाई लिएर केही दिनदेखि अवरुद्ध बनेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबिच बिहीबार छलफल हुँदैछ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा व्यस्त हुँदा छलफललाई निरन्तरता दिन नसकेको दाबी गर्दै आएका एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसको मतपरिणाम सार्वजनिक भएसँगै एकताबारे छलफल गर्ने भएका छन्।

उनीहरुले बिहीबार कम्तिमा पनि एकताको खाकालाई मूर्त रुप दिने गरी छलफल गर्ने बुझिएको छ। तर छलफल गर्ने स्थान भने गोप्य राखिएको छ ।

यसअघि पनि उनीहरु पटकपटक छलफलमा जुटेपनि निश्कर्ष निस्कन सकेको थिएन । दुई अध्यक्षको छलफलपछि बिहीबार नै वा शुक्रबारसम्म एकता संयोजन समितिको बैठक पनि बस्नेछ ।

दुई अध्यक्षबिच पदीय र सैद्धान्तिक विषयमा सहमति हुन नसक्दा घोषणा अनुसार एकता प्रक्रियाले गति लिन सकेको छैन । वाम गठबन्धनले निर्वाचन सकिए लगत्तै पहिले एकता अनि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो।

शीर्ष नेताले एकता जसरी पनि हुन्छ भन्ने अभिव्यक्ति दिने बाहेक अन्य कुनै प्रगति भएको छैन।

सम्बन्धित समाचार 

बालकोटमा ओली-दाहालबीच भेटवार्ता

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?