प्रदेश ६ : स्थानीय जनप्रतिनिधिको धेरै मत बदर

प्रदेश ६ : स्थानीय जनप्रतिनिधिको धेरै मत बदर
+
-

सुर्खेत – राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले दिएको मध्ये धेरै मत बदर भएको छ । बुधबार निर्वाचन भएको प्रदेश नम्बर ६ मा प्रदेशसभा सदस्यको भन्दा स्थानीय तहका प्रमुख/उपप्रमुखका धेरै मत बदर भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ वटा मत बदर भएका छन् । प्रदेशसभा तर्फ ४० र स्थानीय तह तर्फका एक सय ५८ गरी जम्मा एक सय ९८ मत खसेको थियो । जसमध्ये स्थानीय तहका प्रमुख र उपप्रमुखका र प्रदेशसभा सदस्यका गरी १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक मत बराबर १८ मतभार भएको स्थानीय तहका प्रमुख/उपप्रमुखका १३ मत बदर भएका छन् । बदर मत अनुसार दुई सय ३४ मतभार बदर भएको निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले बताए । यस्तै प्रदेशसभा सदस्यहरुले तीन मत बदर भएका छन् । एक मत बराबर ४८ मतभार भएको प्रदेशसभामा एक सय ४४ मत बदर भएका हुन् ।

बहुमतीय मतदान प्रर्णालीमा धेरैजसो मत बदर भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । जसअनुसार दलित र अल्पसंख्यक कोटाका धेरै मत बदर भएका हुन् । उनका अनुसार दलित कोटामा जनप्रतिनिधिका ६ र प्रदेशसभा सदस्यको एक मत बदर भएको छ । यस्तै अपाङ्ग सदस्यका लागि प्रदेशसभा सदस्यको एक मत बदर भएको छ ।

मुख्य निर्वाचन अधिकृत पौडेलले चिन्ह लगाउनुपर्ने मतपत्रमा अंक लेखिएकाले धेरै मत बदर भएको बताए । यस्तै एकल संक्रमणीय मतदान प्रर्णाली अन्तर्गत अंक लेख्दा क्रम नमिलाएरै लेखिएको पाइएको छ ।

‘एकल संक्रमणियमा मतपत्रमा अंक लेख्दा एक नलेखि दुई/तीन लेखिएको पाइयो । उनले भने, ‘कतै चिन्ह पनि लगाइएको छ । मतदाता शिक्षाको अभाव भन्दा मतपत्रको ख्याल नगर्दा मत बदर भएको हो ।’

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ६ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार आठ पदमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

विजयी हुनेमा दलिततर्फ एमालेका नरपति लोवार विजयी भएका छन् । उनले तीन हजार ६ सय ६६ मत ल्याएर हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्की ९ सय ६० मत ल्याएर पराजित भएका छन् । यस्तै अपांगता पदमा पनि वाम गठबन्धनकै जीवन बुढा विजयी भएका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवारी दिएका उनले तीन हजार सात सय २० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शर्माले ९ सय ७८ मत प्राप्त गरे। यस्तै एमालेबाट महिला सदस्यमा कविता बोगटी, नन्दा शर्मा विजयी भएकी छन् ।

खुल्ला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र प्रकाश पुरी विजयी भएका छन् । माओवादी केन्द्रबाट अल्प्संख्यकमा माओवादी युटोल तामाङ्ग र खुल्ला सदस्यमा कालीबहादुर मल्ल विजयी भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?