कांग्रेस प्रवक्ता शर्माले भने, ‘वाम पार्टीहरु एक भएको राम्रो’

कांग्रेस प्रवक्ता शर्माले भने, ‘वाम पार्टीहरु एक भएको राम्रो’
+
-

विर्तामोड-नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण जनताले चाहेको बताएका छन्।

विहीबार झापाको विर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता शर्माले जनताले यी दुई दल एक हुने विश्वासका आधारमा निर्वाचनमा मत दिएको बताए।

बाम पार्टीहरुको एकीकरणले नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शर्माले बताए। उनले भने, ‘उहाँहरु एउटै घोषणा पत्रमा चुनाव लड्नु भो। जनताले त्यस्कै आधारमा भोट दिए। उहाँहरु एक भएको राम्रो। मेरो सुझाव पनि त्यही हो।’

प्रधानमन्त्री शेरबहादुर देउवा राजिनामा दिने मनस्थितिमा रहेको भन्‍ने चर्चा चलिरहेका बेला उनले राजिनामा दिने वा दिनु नपर्ने भन्ने बारेमा टुंगो भइनसकेको शर्माले बताए। निर्वाचन सम्पन्न भए पश्चात नयाँ म्यान्डेट लिएर सरकार बन्ने भएकाले प्रधानमन्त्री देउवाले राजिनामा दिनु नपर्ने कुरा चर्चामा रहेको शर्माले बताए।

उनले भने, ‘अब बन्‍ने सरकार आलोपालो गरेर सरकारको नेतृत्व फेर्ने सरकार नभएकाले नयाँ म्यान्डेट लिएर सरकार गठन हुने भएकाले राजिनामा दिनु नपर्ने कुरा पनि बाहिर आएको छ। यसको निर्णय भोलि बेलुका मात्र हुनेछ।’

चुनावमा हार व्यहोरेका कारण नेपाली कांग्रेस अहिले फुटबलको गेम हारेको टिम जस्तो भएको उनको भनाइ थियो। यो हारलाई चेतनाको रुपमा लिएर कांग्रेस अगाडि बढ्ने उनले बताए। शर्माले भने, ‘नेपाली कांग्रेसका नेता बदलिनु पर्छ। जो बदलिँदैनन् पाखा लाग्छन्।’

तर चुनावको हारमा पार्टीको केन्द्रीय नेतृत्व मात्र जिम्मेवार नरहेको उनको दावी थियो। उनले भने, ‘हारमा जिम्मेवारहरुकै कमजोरी हुनसक्छ जुन एकजनाको मात्र होइन।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?