
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेता डोरमणि पौडेलले प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
नेता पौडेलले उम्मेदवारी दर्ता गर्नु पूर्व ओलीलाई फोन गरेर सोधेका थिए । ओलीले पछि नहट्न भनेपछि पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।
अब दुईजनाबिच प्रतिस्पर्धा हुँदैछ । राजेन्द्र पाण्डे भने पछि हटेका छन् ।