
काठमाडौं- प्रदेश नम्बर ३ मा नेकपा एमालेको संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन्।
काठमाडौंमा शुक्रबार भएको चुनावमा जित निकाल्दै पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
संसदीय दलको नेताका लागि डोरमणि पौडेल पार्टी अध्यक्ष केपी ओलीको निर्देशनमा उम्मेदवार बनेका थिए।
यस्तै नेता माधवकुमार नेपालको गुटबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी थिइन्। तर चुनावमा पौडेले ३४ तथा अष्टलक्ष्मीले २४ मत ल्याइन्। प्रदेश नम्बर ३ मा एमालेका ५८ जना प्रदेशसभा सदस्य छन् ।
चुनावमा विजयी भएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले आफू प्रदेश र प्रदेशका बासिन्दालाई समृद्ध बनाउन लागि पर्ने बताए।
उनले भने, ‘प्रदेश नम्बर ३ स्रोत साधानमा धनी छ, त्यसलाई एकीकृत रुपमा प्रयोग गरेर समृद्धिका लागि काम गर्ने छु ।’ उनले सबैको साथ र सहयोग लिएर अघि बढ्ने पनि बताए।
तस्बिरहरु-दीपा दाहाल/देश सञ्चार