दक्षिण कोरियाका राष्ट्रपतिद्वारा कीमकी बहिनीसँग भेटवार्ता

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा कीमकी बहिनीसँग भेटवार्ता
+
-

सोल-दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङसँग भेटवार्ता गर्नुभएको छ ।

मुन दक्षिण कोरियाको पूर्वी क्षेत्रमा पर्ने प्योङचाङमा रहेको मुख्य रंगलाशामा २३औं शीतकालीन ओलम्पिक खेलकूद सुरु भएका वेला स्थानीय समय अनुसार विहान ८ बजे प्रवेश गर्नुभएको थियो ।

रंगशालामै मुनले किमलाई भेट्नु भयो र हात मिलाउनु भयो । किम उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टीको केन्द्रीय समितिकी प्रथम उप निर्देशक हुनुहुन्छ ।

किम निजी विमानमा शुक्रबार विहानै दक्षिण कोरिया आइपुगेकी हुन्। प्रतिनिधिमण्डल बोकेको विमान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

उनी उत्तर कोरियाली उच्चस्तरीय टोलीको सदस्यका रूपमा दक्षिण कोरिया पुग्नु भएको योनहाप समाचार संस्थाले जनाएको छ। उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व भने माथिल्लो सदनका अध्यक्ष किम योङ नामले गर्नु भएको छ । उहाँ विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुन्।

प्रतिनिधि मण्डलमा राष्ट्रिय खेलकुद निर्देशक समितिका अध्यक्ष चोए हवाई र शान्तिपूर्ण एकता समितिका अध्यक्ष रि सन ग्वोन पनि वरिष्ठ सदस्यको रुपमा रहेेका छन्।

प्रतिनिधि मण्डलमा १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ । उक्त प्रतिनिधिमण्डल आइतबारसम्म दक्षिण कोरिया रहने छ।

उत्तर कोरियाली उक्त उच्चस्तीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो । मन्त्रीस्तरका व्यक्ति विमानस्थलमा पुगेर गरिएको यो स्वागत उच्चस्तरीय रहेका पनि बताइएको छ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ।

उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकासगर्ने सुविधा यसै खेलकूदबाट प्राप्त हुनसक्ने भएकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?