एमबिबिएस अध्ययनरत युवतीले ट्रेकिङबाट फर्कँदा ज्यान गुमाइन्

एमबिबिएस अध्ययनरत युवतीले ट्रेकिङबाट फर्कँदा ज्यान गुमाइन्
+
-

कास्की- पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एमबिबिएस पढ्दै गरेकी २१ बर्षीया दीपना उप्रेतीको पदयात्राबाट फर्किने क्रममा खोँचमा खस्न पुगी मृत्यु भएको छ।

बिहीबार ६ जना साथीहरुसहित कास्कीको मर्दी हिमाल क्षेत्रमा पदयात्रामा गएकी दीपना फर्कने क्रममा माछापुच्छ्रे गाउँपालिकाको वडा नंं ९ देउराली हाइक्याम्पस्थित खोँचमा खसेर वेपत्ता भएकी थिइन्। बाटोबाट करीब १ सय ५० मिटर तल खस्न पुगेकी उनको शव वडा प्रहरी कार्यालय वगरका प्रहरी निरीक्षक दुर्गा श्रेष्ठको नेतृत्वमा प्रहरी, स्थानीयको सहयोगमा आइतबार बिहान निकालिएको थियो।

साथीहरुसँग हिँडिरहेकी दिपना बाटो भिराएर बेपत्ता भएकी थिइन्। साथीहरुलाई आफूले बाटो बिराएको जानकारी गराएको केही समयमा उनी वेपत्ता भएकी थिइन्। साथीहरुले घटना लगत्तै धम्पुस प्रहरीलाई जानकारी गराएका थिए। रातको समय र निकै अप्ठ्यारो खोँचमा बेपत्ता भएकाले तत्काल उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

काठमाडौं महानगरपालिका–३ बसुन्धराकी स्थायी बासिन्दा दीपना एमबीबीएस चौथो वर्षकी विद्यार्थी हुन्। उनको शवलाई आइतबार आफन्तले बुझेर काठमाडौँ लगिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?