को हुन् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ?

को हुन् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ?
+
-

पोखरा – नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को पहिलो मुख्यमन्त्री नियुक्त भएका छन् ।

सोमबार माओवादी केन्द्र र नेकपा एमालेका बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको प्रस्ताव प्रदेश प्रमुख बाबुराम कुँवरलाई बुझाए पछि उनलाई कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गुरुङले फागुन २ गते दिउँसो २ बजे प्रदेश प्रमुखको निवासमा शपथ लिनेछन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि नै मुख्यमन्त्रीको आकांक्षीका रुपमा चर्चामा रहेका उनी एमालेकै अर्का आकांक्षी तथा प्रदेश नम्बर ४ का इन्चार्ज किरण गुरुङलाई आफ्नो पक्षमा सहमत बनाएर मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

मुख्य मन्त्रीको नियुक्त लिएसँगै उनले छोटा प्रतिक्रिया दिँदै भने ‘प्रदेश ४ को समृद्धिलाई केन्द्रविन्दुमा राखेर काम गर्छु । आर्थिक समृद्धि लगायत विविध कुराको कानुन निर्माणसँगै विकासले गति लिन्छ ।’

उनले प्रदेश ४ लाई टुकी बिहीन प्रदेश बनाउने घोषणा गर्दै विद्युत सहज उपलब्धतामा ध्यान दिने र यस भूगोललाई प्रमुख पर्यटकीय हब बनाउन प्राथमिकताका साथ काम गर्ने बताए । प्रतिपक्षलाई पनि साथमा लिएर विकास, समृद्धि र सशासनकोलागि साझा एजेण्डा बनाएर अघि बढ्ने बताए ।

को हुन् मुख्यमन्त्री गुरुङ ?

२०१४ सालमा गिलुङ गाविस ८, टक्सार लमजुङ जन्मिएका उनी गंगाप्रसाद र चिनी गुरुङका सन्तान हुन् । उनको राजनीतिक यात्रा २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटारमा अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निवार्चित भएसँगै सुरु भएको हो ।

उनले सक्रिय राजनीति भने पञ्चायतकाल २०३४ सालदेखि गरेका हुन् । विज्ञानमा स्नातक गरेका गुरुङ सुरुमा शिक्षण पेशामा आवद्ध थिए ।

२०४० मंसिरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा उनी निवार्चित भएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा समेत परेका थिए ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उनी विजयी भएका थिए ।

गुरुङले कांग्रेस उम्मेदवार घर्तीलाई ६ हजारको मतान्तरले हराएका थिए । नेकपा एमालेमा सचिवको जिम्मेवारी बहन गरेका उनी नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए ।

गुरुङले आदिवासी जनजाति महासंघको नेतृत्व समेत गरेका छन् । लमजुङमा कम्युनिष्ट राजनीतिको जगलाई बलियो बनाउन उनको भुमिकाको प्रशंसा हुने गरेको छ ।

सम्बन्धित समाचार 

पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ मुख्यमन्त्री नियुक्त, पर्सि शपथ हुने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?