युट्युबले पूरा गर्‍यो १३ वर्ष, रोचक पाँच तथ्‍य

युट्युबले पूरा गर्‍यो १३ वर्ष, रोचक पाँच तथ्‍य
+
-

काठमाडौं- पछिल्लो समय सर्वाधिक हेरिने सामाजिक सञ्‍जाल युट्युबले १३ वर्ष पूरा गरेको छ। करीब १३ वर्षअघि तीन जना साथीहरु मिलेर युट्‍युबको स्थापना गरेका थिए। युट्‍युबसँग जोडिएका केही रोचक प्रसँग यस्तो छ। सर्वाधिक हेरिने गुगल, फेसबुक र ट्विटरसँगै युट्‍युबको स्थापना अमेरिकामा भएको थियो।

सन् २००५मा पे पल कम्पनीका तीन जना कर्मचारी मिलेर बनाएको थियो। जसमा बंगलादेश मूलका अमेरिकी जावेद करीम, अमेरिकाका चाड हर्ले तथा ताइवान मूलका स्टीभ चेन संस्थापक रुपमा सामेल थिए।

पहिलो पटक उनीहरुले युट्युब डटकमलाई फेब्रुअरी १४ तारिककै दिन सन् २००५ मा स्थापना गरेका थिए। उनीहरुले स्थापना गरेको युट्युबमा पहिलो भिडियो भने २३ अप्रिलमा जावेद करीमले एउटा चिडियाघरमा सुटिङ गर्दै गरेको राखेका थिए। जसको शीर्षक थियो, ‘मी एट द जू’। यसपछि उक्त भिडियो करीब ४ करोड ५७ लाख ९१ हजा ८९१ पटक हेरिसकिएको छ।


युट्युबको पहिलो मुख्‍यालय अमेरिकाको क्‍यालिफोर्निया राज्‍यमा सेन म्‍याटिनोस्थित एक जापानी रेस्टुरेन्ट भवनको माथिल्लो तलामा थियो। स्थापनाको केही समेयमै सबैमाझ लोकप्रिय भएपछि यसलाई सन् २००६ मा गुगलले करीब १.६५ अरब डलरमा किनेको थियो। अहिले यसको मुख्‍यालय क्‍यालिफोर्नियाको सेन ब्रूनोमा रहेको छ।

यूट्यूबसँग जोडिएको रोचक तथ्‍य

१.युट्युबमा भिडियोको संख्या प्रतिमिनेचार सय घण्टा रहेको छ। एउटा युजर औसतामा करी ४० मिनेट युट्युबमा बिताउने गरेका छन्।

२.युट्युब अहिले करीब ७५ भन्दा बढी भाषामा उपलब्ध छ। गुगलपछि संसारमा सबैभन्दा बढी खोजिने सर्ज इन्जिन युट्युब नै हो।

३.यसमा सबैभन्दा धेरै चल्‍ने भिडियो कार्लोज पेरेजद्वारा निर्देशित म्‍युजिक भिडियो हेरिएको छ। उक्त भिडियो अहिलेसम्‍म करीब ४.८ अर्ब पटक हेरिएको छ।

४.युट्‍युबमा सय भन्दा बढी भिडियो यस्तो छ जसलाई एक अर्बभन्दा बढी पटक हेरिसकिएको छ।

५.तर चीन र इरानमा युट्‍यु हेर्नमा प्रतिबन्ध लगाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?