
पोखरा- पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० शिवचोकमा हायसको ठक्करबाट ग ११ प ६१४० नं. को मोटरसाइकललाई ठक्कर दिँदा घाइते बनेका मोटरसाइकल चालक उमेश पौडेलको उपचारको क्रममा निधन भएको छ।
नम्बर नखुलेको हायसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल ना १ क ३९१० नंको लहरीमा ठोक्किन पुगेको थियो। दुर्घटनामा पर्वत लेखनाथ ५ घर भई पोखरा लेखनाथ वडा १४ चाउथे बस्ने बर्ष २३ का उमेश पौडेलको टाउकोमा गम्भीर चोट लागेको थियो।
उनको उपचारका लागि स्थानीय अन्नपूर्ण अस्पतालमा लगिएकोमा डाक्टरले ६ बजे उनको मृत्यु भएको घोषणा गरेका हुन्। पौडेलको मोटरसाइकल पछाडि बसेका वर्ष २३ का विजय पौडेलको अवस्था भने सामान्य छ। उनलाई हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
पौडेलको शबलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनको बताए।