नेत्रनाथ अधिकारी प्रदेश-४ को सभामुख, उपसभामुखको निर्वाचन ६ गते

नेत्रनाथ अधिकारी प्रदेश-४ को सभामुख, उपसभामुखको निर्वाचन ६ गते
+
-

कास्की-प्रदेश नम्बर ४ बाट निर्विरोध निर्वाचित भएका सभामुख नेत्रनाथ अधिकारीलाई प्रदेशसभाको बैठकले विहीबार अनुमोदन गरेको छ।

उनलाई जेष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।

माओवादीका संसदीय दलका नेता तथा सांसद हरिबहादुर चुमानको प्रश्तावलाई एमाले प्रदेश ४ का संयोजक तथा निर्वाचित प्रदेशसभा सांसद किरण गुरुङले समर्थन गरेपछि जेष्ठ सदस्य जनकलाल श्रेष्ठले अधिकारीलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।

बुधबार भएको मनोनयन दर्तामा अधिकारीको मात्रै उम्मेदवारी परेपछि विहिबारको बैठकले निर्विरोध निर्वाचित गरेको हो। अधिकारीलाई माओबादी र एमालेका ३९ सांसदको समर्थन थियो।

प्रदेशसभा बैठकमा जेष्ठ सदस्यले प्रदेश प्रमुखबाट प्राप्त मुख्यमन्त्री नियुक्तीको पत्र पढेर सुनाएपछि ताली बजाएर त्यसको समर्थन गरेका थिए।

सभामुख र मुख्यमन्त्रीलाई शुक्रबार विहान १० बजे प्रदेश प्रमुखको निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ। बैठकले उपसभामुखको चुनाव फागुन ६ गते गर्ने निर्णय गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?