
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन सदस्यीय मन्त्रिपरिषद् बिहीबार गठन भएको छ।
प्रधानमन्त्री ओलीले बिहीबार पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रधानमन्त्री ओलीसँगै लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री र थममाया थापालाई महिला तथा बालबालिका मन्त्रालयको शपथ गराइएको छ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले कूटनीतिक समुदाय र सुरक्षा निकायका प्रमुखहरुसँग भेटेका छन्।
माओवादी नजाने भएपछि एमालेलाई मात्र मन्त्रिपरिषदमा सहभागी गराइएको हो।