
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ गराएलगत्तै दुई मन्त्रीहरु लालबाबु पण्डित र थममाया थापाले पनि मन्त्रीका रुपमा शपथ खाए।
राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ कार्यक्रममा विभिन्न दलका मुख्य नेताहरु, उच्चपदस्थ कर्मचारीहरु, कुटनीतिक नियोगका प्रमुखहरुलगायत समाजका प्रतिष्ठित व्यक्ति उपस्थित थिए।
देशसञ्चार फोटो पत्रकार आरजु र संवाददाता दीपा दाहालले शीतल निवासमा भएको शपथ ग्रहण समारोहलाई यसरी कैद गरे तस्बिरहरुमा:
तस्बिरहरु- आरजू/दीपा दाहाल/देश सञ्चार