
विर्तामोड- पूर्वी तराईमा बसोबास गर्ने तामाङ समुदायले शुक्रबार सोनाम ल्होसार धुमधामका साथ मनाएका छन्। गत माघ ४ गते मनाउन राम्रो दिन नभएकाले शुक्रबार ग्लाल्बो ल्होसारसंगै तामाङ समुदायले उनीहरुको पर्व सोनाम ल्होसार मनाएका हुन्।
झापामा बसोबास गर्ने तामाङ समुदायले शुक्रबार विर्तामोडमा सांस्कृतिक कार्यक्रम आयोजना गरि सोनाम ल्होसार मनाए। राष्ट्रिय सांस्कृतिक पर्व २८५४, सोनाम ल्होसार समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि उक्त पर्व मनाइएको हो।
नेपाल तामाङ धेदुङ नगर इकाई तथा नमोबुद्ध गुम्बा समिति विर्तामोडले आयोजना गरेको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
बाल बच्चादेखि बृद्ध बृद्धासम्म उक्त कार्यक्रममा उपस्थित थिए।
सम्बन्धित समाचार