एकता संयोजन समितिको बैठक भोलि

ओली र दाहालबिच गोप्य भेट

ओली र दाहालबिच गोप्य भेट
+
-

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तासँगै वाम एकता संयोजन समितिको बैठक भोलिका लागि तोकिएको छ।

भेटपछि वार्ता सकारात्मक भएको दुवै नेताले प्रतिक्रिया दिएका छन् तर कुनै निर्णय भयो या भएन भन्नेबारे उनीहरुले सार्वजनिक गरेका छैनन्।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबिचको छलफलपछि आइतबार एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेको जानकारी दिए।

ओली र दाहालबिचको समझदारीलाई बुधबार रातीको समितिको बैठकमा ‘सिलबन्दी’ गर्ने भनिए पनि अन्तिम समयमा एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादीको २१ औं शताब्दीको जनवाद एकीकृत पार्टीको मुख्य मार्ग निर्देशक नीतिकै रुपमा राख्नु पर्ने अडानका कारण एकता अनिर्णित बन्न पुगेको थियो।

वाम एकतामा व्यवधान देखिएसँगै ओली सरकारलाई बाहिरबाट समर्थन जनाए पनि त्यसमा माओवादी सहभागिता हाललाई रोकिएको छ।

व्यवधानको गाँठो फुकाउने प्रायस स्वरुप माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीले दुई दिनपछि शनिबार बालकोटमा गोप्यरुपमा करिब एक घण्टा छलफल गरेका हुन्।

श्रोतका अनुसार एमालेप्रति सश‌ंकित माओवादीले प्रधानमन्त्रीको नेतृत्वको अध्यक्ष पुष्पकमल दाहालले कुन मितिबाट गर्ने हो त्यो किटान गर्नुपर्ने र मन्त्रीपरिषदमा सम्मान र समानताको नीति अनुरुप माओवादीले पनि आधा स्थान पाउनु पर्ने नयाँ सर्त अघि सारेको छ।

अविश्वास बढेपछि दुई शीर्ष नेतामा वार्ता हुन नसकेकाले थाती रहेका सैद्धान्तिक र संरचनात्मक मुद्धालाई लिएर समितिको बैठकमा छलफल हुन सकेको छैन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष