‘नेपाल राजपत्र’जस्तै अब ‘दमक राजपत्र’

‘नेपाल राजपत्र’जस्तै अब ‘दमक राजपत्र’
+
-

दमक- झापाको दमक नगरपालिकाले आफूले बनाएका कानुन, निर्देशिका तथा कार्यविधिलाई वैधता दिनका लागि नगरपालिकाको छुट्टै राजपत्र ‘दमक राजपत्र’ प्रकाशित गरिएको जनाएको छ। केन्द्रीकृत सत्ता भएका बेला केन्द्रबाट मात्र राजपत्र प्रकाशित हुने गरेकोमा दमक नगरपालिका राजपत्र प्रकाशित गर्ने पहिलो स्थानीय सरकार बनेको नगरपालिकाका अधिकारीहरुको दाबी छ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संविधानले दिएको अधिकार प्रयोग गरेर स्थानीय सरकारको आफ्नै राजपत्र प्रकाशित गरिएको बताए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारले बनाउने कानुन, ऐन तथा कार्यविधिहरुलाई समेटेर छुट्टै राजपत्र बनाउने अधिकार स्थानीय सरकारलाई दिइएको छ। ओलीले भने, ‘स्थानीय सरकारले बनाएका कानुनहरु जबसम्म राजपत्रमा प्रकाशित हुँदैन तबसम्म ति कानुनले बैधता पाउँदैन।’

दमक नगरपालिकाले प्रकाशित गरेको राजपत्रमा नगरपालिकाले पारित गरेका छ वटा कार्यविधि, नियमावली तथा निर्देशिका छन् । नगरपालिकाले ‘स्थानीय राजपत्र प्रकाशन कार्यविधि, २०७४’, ‘नगरसभा सञ्चालन कार्यविधि, २०७४’, ‘भूमि व्यवस्थापन नियमावली, २०७४’, ‘दमक विपद व्यवस्थापन कोष निर्देशिका, २०७४’, ‘नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली, २०७४’ र ‘नगर कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४’ राजपत्रमा प्रकाशित गरेको छ।

स्थानीय सरकारलाई कानुन सम्मत अघि बढ्न तथा कानुन कार्यान्वयनमा प्रभावकारी बनाउन स्थानीय राजपत्र कोसेढुंगा साबित हुने विश्वास जनप्रतिनिधिहरुले गरेका छन्।

स्थानीय तहपिच्छे फरक फरक कानुन र कार्यविधि हुने भएकाले प्रत्येक स्थानीय तहको अलग्गै राजपत्र हुनुपर्ने भएकाले दमक नगरपालिकाले आफ्नै राजपत्र प्रकाशित गरेको प्रमुख कार्यकारी अधिकृत युवराज दहालले बताए। उनले भने, ‘फरक फरक कानुनी प्रावधानको वैधताका लागि राजपत्र चाहिएको हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?