प्रदेश नं. ४ : माओवादीमा अन्तरविरोध, मन्त्री विरुद्ध अविश्वास प्रस्तावको तयारी

प्रदेश नं. ४ : माओवादीमा अन्तरविरोध, मन्त्री विरुद्ध अविश्वास प्रस्तावको तयारी
+
-

पोखरा – प्रदेश नम्बर ४ मा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले सल्लाह बिना नै आफू खुशी मन्त्रीमा नाम पठाएको विषयले आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।

प्रदेश नम्बर ४ मा प्रदेशसभामा १२ सिट हासिल गरेको माओवादीले एकै भेगका दुई सदस्यलाई मन्त्री बनाएको भन्दै असन्तुष्ट सदस्यले मन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश गर्न सकिने बताएका छन् ।

शुक्रबार बेलुका तनहुँबाट निर्वाचित प्रदेशसभा सदस्य तथा संसदीय दलका नेतासमेत रहेका हरिबहादुर चुमान र गोरखाबाट निर्वाचित लेखबहादुर थापालाई मन्त्री सिफारिस गरिएको थियो । चुमानले आन्तरिक मामिला तथा कानुन (गृह) र थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मन्त्रीको शपथ ग्रहणमा केही सदस्य उपस्थित समेत भएनन् । उनीहरुले तत्कालै निर्णय सच्याउन पार्टी भित्रै माग गरिरहेका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वसाको प्रस्तावमा आन्तरिक तयारी भइरहेको बताए ।

उनले भने ‘अहिलेको सिफारिस त्रुटिपूर्ण छ । छलफल बिना केही नेताका आफ्ना मान्छेलाई मन्त्री बनाइयो । एकै भेगका दुईजनालाई मन्त्री बनाउँदा अरु भेगलाई अन्याय भएको छ । यो निर्णय मान्य छैन ।’ अविश्वासको प्रस्ताव लैजाने बारे प्रदेशसभा सदस्यबिच छलफल भैरहेको उनले बताए ।

संसदीय दलका उपनेता रामजी बरालले अविश्वासको प्रस्ताव लैजाने अधिकार आफूहरुसँग सुरक्षित भएको भन्दै यसको विषयमा छलफलमा रहेको प्रतिक्रिया दिए । शुक्रबार माओवादी प्रदेश ४ का संयोजक हरि अधिकारी र ईन्चार्ज देव गुरुङको उपस्थितीमा मन्त्री चयन गरिएको हो । मन्त्रीको नाम प्रस्ताव हुने बित्तिकै अरु सदस्यले विरोध जनाएका थिए ।

गठबन्धनमा जम्मा दुई मन्त्री पाएको माओवादीले कास्कीले एउटा मन्त्री पाउनुपर्ने माग गरेका थिए । लेखबहादुर थापालाई हरि अधिकारी र चुमानलाई देव गुरुङको एकल निर्णयले मन्त्री बनाएको उनीहरुको भनाई छ ।

म्याग्दीबाट निर्वाचित प्रदेशसभा विनोद केसीले संसदीय दलको बैठकमा छलफल गरेर मन्त्रीको टुंगो लगाएको भए विवाद नहुने बताए । उनले भने ‘आज कि भोलि संसदीय दलमा यो विषयमा कुरा हुँदैछ । सम्भवत यस विषयको टुंगो लाग्नेछ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?