
कास्की- प्रदेश नम्बर ४ उपसभामुखको आइतबार चुनाव हुदैछ।
उक्त पदका लागि एमाले र माओवादी गठबन्धकी साझा उम्मेदवार सिर्जना शर्मा, नेपाली कांग्रेसकी गोरखाकी समानुपातिक सांसद मनकुमारी गुरुङ र जनमोर्चाबाट बागलुङ समानुपातिक सांसद पियारी थापाको उम्मेदवारी परेको छ।
आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। त्यसपछि साढे ११ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।
चुनाव दिउँसो १ बजेको बैठकमा हुने प्रदेश सचिवालयले जनाएको छ।