शान्त वातावरण, सादा खाना र मात्र केपी-प्रचण्ड: आज टुंगिएला एकता?

शान्त वातावरण, सादा खाना र मात्र केपी-प्रचण्ड: आज टुंगिएला एकता?
+
-

काठमाडौँ – वाम एकतालाई मूर्त रुप दिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार भक्तपुरको शान्त वातावरणमा शान्त मस्तिष्कसाथ छलफल गरिरहेका छन्।

उनीहरु काठमाडौंको धूवाँधुलो र भिड छिचोल्दै झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक एवं दाहाल निकट व्यवसायी दुर्गा प्रसाइँको निवास भक्तपुरको ठिमी पुगेका छन्, एकता वार्ता टुंग्याउन।

प्रसाईँ निवासमा विहान  अाइतबार ११ बजेदेखि छलफलमा जुटेका उनीहरुले त्यहीँ नेपाली सादा खाना समेत खाएका छन्।

जहाँ सामान्य सादा भात त छँदै थियो, व्यवसायी प्रसाईले ओली र दाहालका लागि ‘ब्राउन राइस’ र केही थरि दाल, तरकारी र सागको  व्यवस्था गरेका थिए।

ओलीले खाना खाँदा काँटा तथा चम्चा प्रयोग गरेका थिए भने दाहालले सँधैझै हातैले कपाकप खाना खाएका थिए।

खानाका क्रममा मात्र व्यवसायी प्रसाईंले साथ दिएका ओली र दाहाल खानापछि फेरि एक्लाएक्लै वार्तामा व्यस्त बनेका छन्।

प्रधानमन्त्री ओली परिवारसहित आइतबार नै बालुवाटार सर्नुपर्ने कार्यक्रम तय भए पनि उनी एकता प्रयासलाई अन्तिम रुप दिन दाहालसँग छलफल गरिरहेका छन्।

दाहाल पनि निकै सकारात्मक हुँदै ओलीको कुरा सुन्ने र ढिलो जवाफ फकाईरहेको स्रोतले जानकारी दिएको छ।

लामो छलफलबाट पनि एकतालाई निश्कर्ष पुर्‍याउन असफल भइरहेका ओली र दाहालले सहमतिका लागि आइतबार राम्रो वातावरण खोजेको बुझिएको छ।

एकतामा देखिएको व्यवधान फुकाउने कोसिसमा रहेका ओली र दाहाल सम्भवत आइतबार नै कुनै निश्कर्षमा पुग्ने छन्।

एकताका लागि ओली र दाहालबच भएको समझदारी बुधबार राति मानवभवनको एकता संयोजन समितिको बैठकबाट टाढिएको थियो।

एकताका लागि खासगरी एमाले र माओवादीले आआफ्नै पुरानै सिद्धान्तलाई एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउने अडान लिएपछि समझदारी टाढिएको थियो।

शनिबार ओली र दाहालबीच भएको वार्ता पनि निश्कर्षमा पुग्न सकेको थिएन। ओली र दाहालबीच ठोष निष्कर्ष आउन नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष