साढे पाँच घण्टाको वार्ता

फेरी पनि एक्लाएक्लै भेट्ने निधाे गर्दै छुट्टिए ओली-दाहाल

फेरी पनि एक्लाएक्लै भेट्ने निधाे गर्दै  छुट्टिए ओली-दाहाल
+
-

काठमाडौं -साढे पाँच घण्टासम्म एकताबारे छलफलपछि फेरी अर्को भेट गर्ने भन्दै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आइतबारका लागि छुट्टिएका छन्।

उनीहरु वाम एकतालाई मूर्तरुप दिन शान्त वातावरणको खोजीमा काठमाडौंको धूवाँधुलो र भिड छिचोल्दै झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक एवं दाहालसँग निकट मानिने व्यवसायी दूर्गा प्रसाईंको निवास भक्तपुरको ठिमी पुगेपनि एकताबारे ठोष निश्कर्षमा पुग्न सकेनन्।

सादा नेपाली खाना सहित ओली र दाहाल विहान ११ बजेदेखि साढे तीन बजेसम्म छलफलमा जुटेपनि उनीहरुबीच भएको सहमति या विमतिका विषयबारे सार्वजनिक गरिएको छैन।

तर उनीहरुले वार्ता झनझन सकारात्मक बन्दै गएको, सोमबार पनि एक्लाएक्लै भेट्ने र छिटो भन्दा छिटो निश्कर्षमा पुग्ने जानकारी आफु निकटलाई दिएको बुझिएको छ।

ओली र दाहाल ठोष निश्कर्षमा नपुगेसम्म एकताका अन्य विषयमा छलफल नहुने निश्चित जस्तै छ। एकताका लागि ओली र दाहालबच भएको समझादारी बुधबार राती मानवभवनको एकता संयोजन समितिको बैठकबाट टाढिको थियो ।

एकताका लागि खासगरी एमाले र माओवादीले आआफ्नै पुरानै सिद्धान्तलाई एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउने अडान लिएपछि समझदारी टाढिएको थियो।

प्रधानमन्त्री भएपछि व्यस्तता बढेपनि ओलीले एकताका लागि दाहालसँगको छलफललाई निरन्तरता दिएका छन्, तर उनीहरु एक मत हुन भने सकेका छै्रन् ।

ओली र दाहाल शनिबार पनि छलफलमा जुटेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष