मन्त्री नपाएको झोँकमा सांसदद्वारा राजिनामा

मन्त्री नपाएको झोँकमा सांसदद्वारा राजिनामा
+
-

सुर्खेत– मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। प्रदेश ६ को मन्त्रिपरिषद् गठनमा गुटबन्दी भएको भन्दै उनले प्रदेशसभा सदस्यको राजीनामा हुलाकमार्फत सभामुखलाई पठाएका हुन्।

एमाले केन्द्रीय सल्लाहकार शाहीले पार्टीले गुटको आधारमा अनुभवी नेताको कदर नभएकाले प्रदेशसभा सदस्यबाट राजिनामा दिएको बताए। प्रदेश ६ को सभामुख पदमा दावी गरेका शाहीले मन्त्रीसमेत नपाएपछि राजिनामा दिएका हुन्।

‘सभामुख चयनदेखि मन्त्रीपरिषद् विस्तारसम्म पार्टीमा अनुभवी र नौतिकताको कदर भएन। उनले देशसञ्चारसँग भने, ‘सिनियरको मुल्याकन नभई ठेकेदार र एनजीओबाट आएकालाई क्यमभिनेटमा पठाइयो। जनताका माँझ जाने, कार्यकर्ताले ओझेलमा पारियो। पार्टीको सिद्धान्त विपरीत नेताका पछि लाग्नेले मन्त्री पाएकाले राजीनामा दिएको हुँ।’

एकजना व्यक्तिको हातबाटै आफू निकटका सांसदलाई मन्त्री बनाउने प्रवृतिका कारण अनुभवी सांसदहरु ओझेलमा परेको उनको गुनासो छ।

आफूले अवसरको खोजी नभई पार्टीको गलत संस्कारका कारण पार्टीको सदस्य समेत नरहने गरी राजीनामा दिने तयारी थालेको बताए।

‘जनताको बहुमतले आज पहिलो पार्टी भएको छ। उनले भने,‘गुटबन्दी र अपमानजनक व्यबहारले एमालेका नेतालाई फाइदा होला तर, पार्टीको हित हुने म देख्दिनँ,’ उनले भने।

एमालेबाट मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् भने हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेका एनजिओकर्मी रहेको शाहीले बताए। उनले सुर्खेतका ठेकेदार खड्ग खत्रीलाई दलका नेता कँडेलले आर्थिक चलखेल गरेर मन्त्री बनाएको आरोपसमेत लगाए। २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका नेता शाहीले १५ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका थिए । उनी माधव नेपाल पक्षका मानिन्छन्।

यता, संसदीय दलका नेता यामलाल कंडेलले शाहीको राजीनामावारे आधिकारीक जानकारी नआएको बताए। ‘मवाहेकका सबै सांसद मन्त्रीका आकांक्षी हुनुहुन्थ्यो। नेता कंडेलले भने,‘उहाँपनि सम्भावित पात्र हो, कुराकानी भएको हो। तर, चार जना मात्रै मन्त्री पठाउनुपर्ने भएकाले उहाँले पाउनुभएन।’ अनुभव र पाको नेता भएकाले मन्त्री नपाउँदैमा झोकिएर राजीनामा दिएको उनले बताए। नेता कंडेलले तथ्यामा आधारित नभएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?