मकाउ भनेर टर्की पुर्‍याइयाे, त्यसपछि अपहरणमा परे, १३ हजार अमेरिकी डलर तिरेर मुक्त भए दुई नेपाली

मकाउ भनेर टर्की पुर्‍याइयाे, त्यसपछि अपहरणमा परे, १३ हजार अमेरिकी डलर तिरेर मुक्त भए दुई नेपाली
+
-

काठमाडौं- मकाउ लैजाने भन्दै टर्की पुर्‍याइएका दुई नेपाली एक साता अपहरणमा परेपछि १३ हजार अमेरिकी डलर फिरौती बुझाएर स्वदेश फर्कन सफल भएका छन्।

पूर्वी नेपालका टिकाराम विश्वकर्मा र किरण मगर फागुन ४ गते स्वदेश फर्किएका हुन्। उनीहरुलाई माघ २१ गते एक पाकिस्तानीले टर्कीमा अपहरण गरेका थिए। किरणकाे फेसबुक म्यासेन्जरबाट माेरङमा रहेकी उनकी दीदीसँग फिराैती मागिएको थियो।

त्यसपछि नेपालमा रहेका पीडितका अाफन्तले  कतारबाट टर्कीमा १३ हजार अमेरिकी डलर पठाएपछि माघ २७ गते टिकाराम र किरण अपहरण मुक्त भएकाे प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे – सीअाईबीका कार्यबहाक प्रवक्ता राज कुमार सिलवालले जानकारी दिए।

उनीहरुलाई मकाउ भनेर टर्की पुर्‍याउने सप्तरिका ओम प्रकाश कुमार पन्जियारलाई सीअाईबीले पक्राउ गरेको छ। पिडितकाे उजुरीका आधारमा २८ वर्षिय पन्जियार पक्राउ परेका हुन्। प्रहरीका अनुसार पिडित दुवैलाई सुरुमा मकाउ पुर्‍याइदिने भन्दै जनहीँ ६ लाख रुपैयाँ लिइएको थियो।

तर भारतमा दुई महिना बस्दासम्म भिसा नआएपछि तस्करले टिकाराम र किरणलाई टर्कीमा पनि राम्रो पैसा अाम्दानी हुने भन्दै त्यता पुर्‍याएका थिए। उनीहरु टर्की पुगेको करिब पाँच महिनापछि अपहरणमा परेको प्रहरीले जनाएको छ। पछिल्लाे एक वर्षमात्र टर्कीमा नेपालीहरु अपहरणमा परेकाे करिब अाधा दर्जन घटना भएका छन्। उनीहरुलाई बंगलादेशी पाकिस्तानीहरुले अपहरण गर्ने गरेको अनुसन्धानबाट देखिने गरेको छ। टर्की मानव तस्करका लागि युराेप छिराउने गेटवे पनि मानिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?