शंकराचार्यको पदवि पशुपतिनाथमा लिने हेमानन्द गिरीको दाबी

शंकराचार्यको पदवि पशुपतिनाथमा लिने हेमानन्द गिरीको दाबी
+
-

विर्तामोड- शंकराचार्यको छनौटमा परेको भनिएकी हेमानन्द गिरीले शंकराचार्यको मान पदवि आफूले पशुपतिनाथको आँगनमा लिन चाहेको बताएकी छिन्।

बुधबार झापाको बुद्धशान्ति गाउँपालिका २ जयपुरमा रहेको जगदीश्वर शिव पञ्चायन मन्दिरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट उनले नेपाल सनातन हिन्दु धर्मबाट विचलित हुँदै गरेको अवस्थामा नेपालमै शंकराचार्यको पदवि लिन चाहेको बताएकी हुन्।

उनले भनिन्, ‘शंकराचार्यको पद नेपाललाई दिएको हो भने मैले पशुपतिनाथमा पदवि लिन चाहेको हुँ।’ गिरीले भारतका साधु सन्तहरुसंग यस विषयमा कुरा गरेको बताइन्। उनका कुरामा सबै सहमत भएको पनि उनले जानकारी दिइन्। तर नेपाल सरकारले स्वीकृति प्रदान गर्न ढिलो गरिरहेको उनको दाबी छ।

गिरीले भनिन्, ‘नयाँ सरकार बन्ने क्रममा छ। म सरकारसंग फेरि आग्रह गर्न जान्छु कि मलाई चाँडो स्वीकृति प्रदान गरियोस्।’ भारतबाट आउने पाहुनाहरुको सुरक्षाको प्रवन्धका लागि सरकारसँग आग्रह गरेको उनले दाबी गरिन्।

गिरी झापाको गौरीगन्जस्थित वैदिक सूर्य शिवालय मठकी प्रमुखसमेत हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?