प्रदेश सुरक्षा व्यवस्थापनका लागि कार्यदल गठन

प्रदेश सुरक्षा व्यवस्थापनका लागि कार्यदल गठन
+
-

सुर्खेत–प्रदेश नम्बर ६ को शान्ति सुरक्षालाई व्यवस्थित गर्न कार्यदल गठन गरिएको छ।प्रदेश समृद्धिका लागि शान्ति सुरक्षालाई पहिलो आधार बनाएर तीन वटा कार्यदल गठन गरिएको हो।

यहि फागुन १९ गतदेखि काम गर्ने गरी तीन वटा कार्यदल गठन गरिएको हो।प्रदेशको सुरक्षालाई मजबुत बनाउन कार्यदलले काम गर्ने छ। ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक सुरेश विक्रम शाहको संयोजकत्वमा ‘समृद्धिका लागि शान्ति सुरक्षा’ कार्यदल गठन गरिएको छ।

समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप–सचिव भक्तबहादुर कार्की, सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार खिउजु र प्रहरी निरीक्षक जनकराज व छन्।

यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप-सचिव कार्कीको संयोजकत्वमा ‘डिजिटल प्रदेश निर्माण’ कार्यदल गठन गरिएको छ।

कार्कीको संयोजकत्वमा गठन भएको कार्यदलमा ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीबहादुर वली, क्षेत्रीय हुलाक निर्देशनालयका निर्देशक रेखा गौतम, रेडियो नेपालका प्रमुख राम पुकार राम, नेपाल टेलिकमका प्रमुख नमराज खतिवडा र पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती छन्।

यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत तुलसा गैह्रेको संयोजकत्वमा चार सदस्यिय कानून मस्यौदासम्वन्धि कार्यदल गठन गरिएको छ। जसमा मन्त्रालयका लेखा अधिकृत प्रविन सारु, कम्प्यूटर अपरेटर रुद्रबहादुर भण्डारी, खरिदार दविलाल बुढा रहेका छन्।

कार्यदलहरुले प्रदेश समृद्धिका लागि शान्ति स्थापना, डिजिटल प्रदेश निर्माणको अध्ययन र आवश्यक कानून निर्माण तथा सुझाव संकलन गर्नेछ। गृहमन्त्रालयलाई कार्यक्षेत्र बनाएको मन्त्रालयले प्रदेशको समृद्धि र विकासका लागि आवश्यक सुरक्षा व्यवस्था सम्वन्धि आमनागरिकबाट सुझाव संकलन थालिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रदेशको विकासका लागि अपराध नियन्त्रण आवश्यक रहेकाले कार्यदल गठन गरि काम शुरु गरिएको बताए। उनले अबको केही महिनामा ६ नम्बर प्रदेशलाई शान्ति र सुरक्षाका हिसावले अब्‍बल प्रदेश बनाइने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?