दैलेख–दैलेखको महाबु गाउँपालिकामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यू भएको छ। जिल्ला सदरमुकामदेखि गैडाबाजका लागि छुटेको जीप महावु–४ ओखलढुङ्गामा लु१ज ३५३२ नम्बरको जीप दुर्घटना भएको हो।
जिल्ला प्रह्री कार्यालय दैलेखका अनुसार महावु ४का २२ वर्षिय निर्मला पाण्डे, २९ वर्षका निर्मला शाही, महावु–५ का ३५ वर्षीय श्रम शाही र सुर्खेतका तीलक ढकालको मृत्यु भएको हो।
जीपमा सवारमध्ये तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख सरोज पौडेलले जीप दुर्घटनाको कारण खुल्न नसकेको बताए।
सम्बन्धित समाचार
संखुवासभाको दुर्गम गाउँमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु

भर्खरै
लोकप्रिय






































































































































































































