
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६६ औँ जन्मदिनको केक बालुवाटारमा शुक्रबार बिहान १० बजे काटेका छन्।
स्थायी समिति बैठकको सुरुमा पत्नी राधिका शाक्य, शुभचिन्तक र गण्यमान्यको उपस्थितिमा प्रधानमन्त्रीले केक काटेका हुन्।
प्रधानमन्त्रीले केक काट्दै गर्दा उनकी पत्नी राधिका शाक्यले अब राति बाह्र बजेसम्म आज केकमात्रै काटिरहने त होला नि भन्दा सबै उपस्थितको मुखबाट हाँसोको फोहोरा छुटेको थियो। एमालेको चुनाव चिह्न सूर्यअंकित केक काटेर प्रधानमन्त्रीले जन्मदिन मनाएका थिए।
प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिन चिनियाँ राजदूत, भारतीय राजदूतसहित उनका शुभचिन्तक र एमाले तथा अन्य पार्टीका नेताहरुको बालुवाटारमा घुइँचो लागेको छ।
केक काटेलगत्तै बालुवाटारमा एमाले स्थायी समिति बैठक सुरु भएको छ जसले मन्त्रीको नाम टुंग्याउने छ।
सम्बन्धित समाचार
प्रधानमन्त्री ओलीले जन्मदिनमा केक काटेको र खाएको ७ तस्बिर
व्यस्त छोरालाई भेट्न नपाएका प्रधानमन्त्रीका बुबाले दिए जन्मदिनमा दस उपदेश
जन्मदिनमा प्रधानमन्त्री ओलीसँग केकसहित भेट्नेको लर्को, चिनियाँ र भारतीय राजदूत अघिपछि