प्रदेश ६ ले मार्‍यो बाजी: नाम र स्थायी राजधानी दुवै तोक्यो

प्रदेश ६ ले मार्‍यो बाजी: नाम र स्थायी राजधानी दुवै तोक्यो
+
-

सुर्खेत– कर्णाली प्रदेशको स्थायी राजधानी तोकिएको छ। अन्य प्रदेशमा राजधानीको विषय निकै पेचिलो बनिरहेका बेला शनिबार बसेको चौथो प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा तोकिएको हो।

संवैधानिक प्रावधानअनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतले सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी तोकेको हो।

बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश ६ को स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउन प्रस्ताव पेश गरेका थिए।

प्रस्ताव पेश गर्दै उनले भौगोलिक हिसावले केन्द्रमा नभएपनि भौतिक रुपमा अव्वल भएकाले सुर्खेतको वीरेन्द्रनगर नै प्रदेशको राजधानी हुनुपर्ने बताए।

शाहीको प्रस्तावमा समर्थन गर्दै एमालेका गुलावजंग शाहले सातै प्रदेशमा कान्छो प्रदेश कर्णाली प्रदेशले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए। विकासका गतिले उत्कृष्ट क्षेत्र वीरेन्द्रनगर भएकाले नमुना राजधानी बनाउन सकिने बताए। माओवादी केन्द्रका सांसद गणेशप्रसाद सिंह र राप्रपाका शोसीला शाहीले समर्थन जनाएका थिए।

प्रस्ताव माथि सांसद यज्ञराज विसी, धर्मराज रेग्मी, कुर्मराज शाही, विनदमान विष्ट, देवी वली, ठम्मरबहादुर विष्टले भनाई राखेका थिए।
सांसदहरुले बोलेपछि प्रदेशका सभामुख राजबहादुर शाहीले मत विभाजनका लागि आग्रह गरेका थिए।

प्रदेशसभाको प्रतिनिधित्व गर्ने सदस्यहरुको दुइतिहाइले मत विभाजनबाट राजधानीको टुङ्गो लगाइएको हो। मतविभाजनका क्रममा प्रदेश राजधानी वीरेन्द्रनगर हुने पक्षमा ६३ मत परेको थियो भने एक मत विपक्षमा परेको थियो । फागुन १५ गते मंगलबार सम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’