फुटबलमा प्रतिबन्धित थापाको बठ्याइँ

नाम एउटा, काम अर्को

+
-

काठमाडौँ- अखिल नेपाल फुटबल संघ(एन्फा) को आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी कर्मा छिरिङ शेर्पाले आइतबार पत्रकार सम्मेलन गरेको केही घन्टाभित्र एन्फाका कर्मचारीबाट फोन आयो, ‘भोलि साढे दुईबजे पुर्व अध्यक्षले खेलकुद सम्बन्धी अल्फा बिटामा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ, आउनु होला।’

विश्व फुटबल महासंघ(फिफा)बाट भ्रष्टाचार आरोपमा १० वर्ष प्रतिबन्धको सजाय पाएका थापाबारे एन्फाभित्रैबाट यस किसिमको खबर आउनु अन्य देशमा हुन्थ्यो भने असमान्य बन्थ्यो। तर थापा प्रतिबन्धित भएपनि उनकै प्रभावबाट मुक्त हुन नसकेको आरोप खेपिरहेको एन्फाको वर्तमान नेतृत्वको यो ब्यवहार त्यति अस्वभाविक थिएन।

पत्रकार सम्मेलनमा कर्माको आरोप थियो, ‘फुटबलबाट प्रतिबन्धित थापा एन्फाको आसन्न निर्वाचनमा सक्रिय छन्। शक्ति केन्द्रमार्फत उनले एन्फा निर्वाचनलाई प्रभावित पार्न खोजिरहेका छन्।’

थापाले आयोजना गर्ने कार्यक्रममा स्वभाविक अनुमान थियो, उनले फुटबलको बारेमा बोल्नेछन्। तर फुटबलबाट प्रतिबन्धित भएको अवस्थामा उनले यो काम कसरी गर्ने छन् भन्नेमा चासो थियो। सोमबार दिउँसो बानेश्वरस्थित अल्फाबिटा भवनमा पुग्दा थापा आफ्ना दुवै छोरासहित कार्यक्रम स्थलमा थिए। कार्यक्रमको सुरुवातमा थापा आफैँले सम्बोधन गरेर तयार गरेको प्रेस विज्ञप्ति कार्यक्रम सन्चालकलाई पढ्न लगाए जुन असामान्य सुनियो। सन्चालकले प्रेस विज्ञप्ति पढिसके लगत्तै थापा मन्चबाट उठेर आफु केही बोल्ने भन्दै पोडियमतर्फ आए।

उनले आफू लामो समय खेलकुदमा सक्रिय भएको तर बीचमा केही समय अलग रहेको भन्दै नेपाल स्पोर्टस अर्गनाइजेसन दर्ता गरी अब इन्डिभिजुलले प्रतिस्पर्धा गर्ने खेलका प्रतियोगिता यस संघले आयोजना गर्ने र पुराना खेलाडीलाई सम्मान गर्ने जानकारी दिए। ‘हामी अबको तीन महिनामा ब्याडमिन्टनको प्रतियोगिता गर्छौ’, थापाले भने। तर आफुलाई यस खेलबारे थाहा नभएको र कस्ताकस्ता प्रतियोगितासमेत भईरहेको छन् भन्नेबारे अध्ययन गरेर मात्र प्रतियोगिता आयोजना गर्ने बताए।

सबैभन्दा रमाइलो त, केही समयभित्र संस्थाले निर्वाचित समिति पाउने दाबी गरेका थापाले तदर्थ समितिमा को को छ भन्नेबारे जवाफ दिएनन्। उनले तदर्थ समितिमा केही मान्छे राख्नु परेकाले राखिएको र चाँडै राम्रा मान्छेलाई राखेर निर्वाचन गरिने बताए। उनले बेला बेला फुटबल उच्चारण गर्दै भन्थे,‘सरी, फुटबलमा बिताएको भएर फुटबल आइहाल्दो रहेछ।’

स्वभाविक थियो, एन्फा निर्वाचन र फुटबल सम्बन्धबारे उनीविरुद्ध प्रश्न उठ्नेछन्, जुन उनी कुरेर बसेको देखिन्थ्यो। पत्रकारको बिचबाट एक जनाले थापालाई ‘कर्मा छिरिङले तपाईले अदृश्यमा रहेर शक्ति केन्द्रको प्रयोग गरि एन्फा निर्वाचन प्रभावित पार्न खोजेको आरोप लगाएको भोलिपल्ट आज तपाईले गरेको यो कार्यक्रम संयोग मात्र हो की’ भन्ने प्रश्न गरेपछि थापा प्रफुल्लित देखिए। अघिल्ला पत्रकार सम्मेलनमा सुरुवातदेखि नै पत्रकारहरुमाथि समेत हावी हुने गरेका थापा सोमबार फुटबलको प्रसंग नउठ्दासम्म उनको अनुहार उज्यालो थिएन। तर फुटबलको प्रसंग पत्रकारबाट उठेयता उनी फुटबलभन्दा बाहिर गएनन्।

‘यो विषयमा बोल्ने मन त थिएन तर कुरा उठि गयो केही भनिहालौं’ भनेर थापा आसन्न एन्फा निर्वाचनको अध्यक्ष पदका प्रत्यासी कर्माछिरिङविरुद्ध जाई लागिरहे। स्मरणीय छ, कर्माले चलाएको अभियानकै कारण थापा भष्ट्रचार अभियोगमा फिफाबाट प्रतिबन्धमा परेका हुन्। अासन्न निर्वाचनमा कर्मासँग थापाकै नातेदार मणि कुँवर अध्यक्षमा लड्दैछन्।

थापाले यसो भने (उनकै शब्दमा)

हिजोको कार्यक्रमपछि आजको यो कार्यक्रम संयोग मात्र भएको हो। मैले अदृश्यमा रहेर काम गर्नु नै पर्दैन। मलाई गर्न नै मन लाग्यो भने दृश्यमै आएर गर्छु। अहिले एन्फा चेन्जको कुरा उठिरहेको छ।

२५ वर्षसम्म मसँगै बसेर काम गरेको मान्छेले के एन्फा चेन्जको कुरा गर्नु? सरकार र फिफाको सहयोग बिना बनेको एन्फा कम्प्लेक्सजस्तै अर्को एन्फा कम्प्लेक्स बनाउनुस त्यो हो चेन्ज।

मैले बनाएको एन्फा बिल्डिङ छाडेर त्यस्तै बिल्डिङ बनाएर बस्नुस , त्यो हो चेन्ज। अहिले लिगको पुरस्कार एक करोड रुपैयाँ छ त्यसलाई दुइ करोड रुपैयाँ बनाउनुस त्यो हो चेन्ज।

राष्ट्रिय टोलीका खेलाडीले मासिक १५ हजार रुपैयाँ पाउँछन् त्यसलाई बढाएर २० हजार बनाउनुस त्यो हो चेन्ज। मेरै पालमा तयार भएका खेलाडीले अहिले नतिजा निकालिरहेका छन्।

विमल घर्ति मगर र रोहित चन्दजस्ता खेलाडी जन्माएर देखाउनुस त्यो हो चेन्ज। भारतलाई एक पटक हराएर देखाउनुस त्यो हो चेन्ज। सक्नुहुन्छ? फिफाले मलाई फुटबलमा प्रत्यक्ष संलग्न नहुनुमात्र भनेको हो। तर एन्फामा को आउँछ, को मान्छेको नेतृत्व आउनुपर्छ भन्नेबारे बोल्ने अधिकार मलाई पनि छ।

नेपाली फुटबलका लागि कर्माछिरिङ उपयुक्त मान्छे होइन भन्दै आएको छु। उहाँले एन्फाको चुनाव जित्नु नेपाली फुटबलका लागि दुर्भाग्यपुर्ण हुन्छ, एन्फा कुनै पार्टीको भातृसंगठन हुन्छ।

नेपाली फुटबलमा उहाँको नेतृत्व राम्रो छैन भनेर मैले ठाउँ ठाउँमा भनेको छु। नेपाली फुटबलमा रगत र पसिना उहाँले भन्दा मैले बढी बगाएको छु। फुटबलमा ३५ वर्ष बिताएकाले कसैले मलाई बोलाएर सोध्दा एन्फाका लागि उपयुक्त मान्छे होइन भन्ने गरेको छु। नेपाली फुटबल बिग्रिएको टुलुटुलु हेरेर बस्न सक्दिन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?