मुख्यमन्त्रीलाई समर्थन गर्न एमालेद्वारा ह्वीप जारी

मुख्यमन्त्रीलाई समर्थन गर्न एमालेद्वारा ह्वीप जारी
+
-

सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेशले प्रदेशसभा सदस्यहरुलाई ह्वीप जारी गरेको छ।

फागुन १५ गते बस्ने प्रदेशसभा वैठकमा एमालेका सांसदहरुलाई अनिवार्य रुपमा उपस्थिति हुन सूचना जारी गरिएको हो।

बुधबार बस्ने प्रदेशसभा बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश संसदवाट बिश्वासको मत लिने कार्यसूची छ।

उक्त कार्यसूचिमा प्रदेशसभामा एमालेको तर्फवाट प्रतिनिधित्व गर्ने सम्पूर्ण सांसदलाई प्रस्तावको पक्षमा मतदान गर्न नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले ह्विप जारी गरेका हुन्।

यहि फागुन तीन गते बसेको प्रदेशसभा वैठकबाट नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रक संसदीय दलका नेता शाही मुख्यमन्त्री बनेका थिए।बहुमतको नजिक रहेको एमालेले माओवादी केन्द्रसँगको भागबण्डामा प्रदेश सरकार गठन गरेको हो।

प्रदेशसभामा नेकपा एमालेको तर्फबाट सभामुखवाहेक १९ जना प्रदेश सभा सदस्यहरु छन् भने माओवादी केन्द्रसँग उपसभामुखवाहेक १२ जना सदस्यहरु छन्।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम दुई दलको समर्थनमा मुख्यमन्त्री भएका व्यक्तिले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’