कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्‍वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्‍वासको मत लिने
+
-

वीरेन्द्रनगर-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाको मंगलवार (आज) दिउँसो बस्ने प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजेदेखि बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री शाहीको पक्ष र विपक्षमा संसदमा मत विभाजन हुनेछ।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले विश्वासको मत लिन थालेका हुन्। मंगलवार (आज) दिउँसो १ बजेका संसद लागि बैठक बोलाइएको छ। बैठकमा मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मतका लागि प्रस्ताव राख्‍नेछन्।

उनले प्रस्ताव राखेपछि त्यसमा छलफल हुनेछ। त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री शाहीले जवाफ दिनेछन्।उनले जवाफ दिएपछि संसदमा लिखित रूपमा मतदान हुनेछ।

मतदानमा मुख्यमन्त्रीको पक्षमा बहुमत अर्थात् २१ मत प्राप्त भए उनी मुख्यमन्त्रीमा पक्का हुने छन्। यदी पहिलो चरणको मतदानमा पक्ष र विपक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिनेछन्।प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्नेछैन।

कर्णाली प्रदेशमा सभामुख बाहेक ३९ जना सांसद छन्।कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ सांसदको समर्थन भएमात्र बहुमत पुग्छ।प्रदेशसभामा सभामुखबाहेक एमालेका १९ जना र माओवादी केन्द्रका १३ जना सदस्य छन्। दुवै दलको कुल सिट सदस्य सख्ंया ३२ छ।

मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहेकाले संसदमा दुई तिहाइ भन्दा बढी बहुमत प्राप्त हुने देखिन्छ। माओवादी संसदीय दलका नेता शाही यही फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?