सुर्खेत–सुर्खेतको गुर्भाकोट नगरपालिका-२ मालारानीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
स्थानीय गैरी बजारबाट सरीया बोकेर बोटेचौरतर्फ आउँदै गरेको भे १ त ६१६८ नम्बको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
जिल्ला ट्राफि प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि दुई जना घाईते भएका छन्।
ट्राफिक प्रहरी कार्यालयका सई कवी सेञ्चुरीले दिएको जानकारी अनुसार दुर्घटनाबाट गुर्भाकोट–८ का २० वर्षीय फत्तबहादुर विक, २५ वर्षिय शसीराम विक र ३२ वर्षिय नारायण खत्रीको मृत्यु भएको हो।
मृत्यु हुनेहरु मध्ये फत्तबहादुर ट्याक्टर चालक हुन्।दुर्घटनामा गुर्भाकोट–८ का ३१ वर्षीय टेकबहादुर धौलाकोटी र ३२ वर्षिय अम्मर विक घाइते भएका छन्। घाईतेहरुको अवस्था सामान्य रहेको र मेहेलकुना अस्पतालमा उपचार भईरहेको सई सेञ्चुरीले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































