सिरियाका निर्दोष नागरिक बचाउन माग गर्दै संयुक्त राष्ट्र संघमा पत्र

सिरियाका निर्दोष नागरिक बचाउन माग गर्दै संयुक्त राष्ट्र संघमा पत्र
+
-

काठमाडौँ-मानव अधिकार तथा शान्ति समाजले सिरियामा भइरहेको नरसंहारको अन्त्य गर्न माग गर्दै नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सिरिया भइरहेको बमबारी र नरसंहार अविलम्ब रोक्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्द्वारा पारित युद्वविरामको प्रस्तावलाई तत्काल लागू गरी त्यहाँको जनताको जीवनरक्षाका लागि स्थायी शान्ति कायम गर्न सिरियाली सरकार र विद्रोहीलाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ ।

सोही क्रममा राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशलाई सम्बोधन गरिएको ज्ञापन पत्र नेपालस्थित कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सिरियालगायत एशिया र अफ्रिकाका आधा दर्जन देशमा मानवताविरुद्धको अपराध बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले राष्ट्र संघको प्रभावहीनताका कारण सिरियाको निर्दोष नागरिक मारिएको बताउँदै उक्त घटनाले मानवता छियाछिया भएकामा दुःख व्यक्त गर्नुभयो ।

प्रदर्शनमा राष्ट्रसंघीय युद्धविराम प्रस्ताव लागू गर, बमबारी र नरसंहार बन्द गर, महिला, बालबालिकामाथिको अत्याचार बन्द गर, निर्दोष नागरिकको हत्या बन्द गरलगायतका सन्देश प्रवाह गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?