वीरेन्द्रनगर–सिरियाली निहत्था नागरिकमाथि भइरहेको शृंखलाबद्ध बम आक्रमणप्रति सुर्खेतका विद्यार्थीहरुले विरोध गरेका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एड्भान्स वेटर इङ्गिस मिडियम सेकेन्डरी स्कुल, एडभान्स स्कुल काउन्सिलका विद्यार्थीहरुले सिरियामा भएको बम आक्रमणको निन्दा गरेका हुन्।
बम आक्रमणबाट अध्ययन गर्ने उमेरका वालवालिकाको अधिकार कुन्ठित भएको भन्दै विद्यार्थीहरुले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुसँग उक्त घटना रोक्न आग्रह गरेका छन्।
बालबालिकासहित सयौं सर्वसाधारणको ज्यान जानेगरी भएको उक्त आक्रमणको निन्दा गर्दै काउन्सिलका अध्यक्ष चन्द्रा वलीले सिरियाली सरकार र विद्रोहीबीचको आन्दोलनबाट निर्दाेश वालवालिका र सर्वसाधारण अन्याय परेको बताइन्।
‘अमेरिकाले सिरियाली विद्रोही पक्षलाई सहयोग गरी सर्वसाधारण माथि हमला गर्नु अन्तराष्ट्रिय कानुन र मानव अधिकार विपरीत हो।’
उनले भनिन्, ‘विश्वका सबै वालवालिकाले स्वतन्त्रपूर्वक वाच्न पाउने अधिकार हनन भएको छ। उक्त घटनाको घोर भत्सना गर्दै तत्काल अधिकारका प्रत्याभुती गर्न आग्रह गर्छु।’
सिरियामा भएको आक्रमणबाट वालवालिकालाई पढ्न पाउने, बाँच्न पाउने अधिकारका हनन भएको भन्दै विद्यालयकी छात्रा सिमा रावलले वालवालिका माथिको अत्याचार रोक्न आग्रह गरिन्।
स्कुलका प्रवन्ध निर्देशक जीवन शाहीले सिरियामा भएको बम आक्रमणबाट पीडित नागरिकलाई उद्दार गर्न मावन अधिकारबादी संघ/संस्थासँग आग्रह गरे। सिरियालीको सुरक्षा र मानव अधिकारका लागि नेपालीसमेत आन्दोलित हुनुपर्ने अवस्था आएको उनले बताए। सिरियामा रहेका मानिसहरु मानव अधिकारको ग्यारेन्टी गर्न उनले आग्रह गरे।
काउन्सिलको आयोजनामा सिरियामा बालबालिकामाथि भएको हिंसा र हत्याको विरोधमा वीरेन्द्रनगरमा शान्तिपूर्ण प्रदर्शन र दीप प्रज्ज्वलन गरिएको हो। मृतक बालबालिकाको आत्मा शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको हो।

सिरिया आक्रमणको विरोध गर्दै विद्यार्थीहरु। तस्बिर: देशसञ्चार

भर्खरै
लोकप्रिय






































































































































































































