साउदी युवराज इजिप्ट भ्रमणमा

+
-

रियाद-साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान औपचारिक भ्रमणका लागि आइतबार इजिप्ट जानुहुने भएको छ ।

युवराज भएपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण भएको अल अरेबिया नामक स्थानीय संचारसंस्थाले आइतबार जनाएको छ ।

यसअघि उहाँले अमेरिका र बेलायतको भ्रमणगर्ने बताइएको थियो । तर ती देशको भन्दा पहिला उहाँ अकस्मात इजिप्ट जानुभएको हो ।

उहाँको यो भ्रमण तीनदिने हुने तय भएको साउदी अरेबियाका अधिकारीहरुले जनाएका छन् । आइतबार अबेरसम्म उहाँ इजिप्ट पुग्नुहुने छ ।

भ्रमणका क्रममा युवराज सलमानले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीसँग आतङ्कवाद र कतार संकटका बारेमा छलफल गर्नुहुने भएको छ ।

यी दुई देशले पनि सन् २०१७ को जुन महिनामा कतारमाथि नाकाबन्दी लगाउने निर्णयमा सहमति जनाएका थिए ।

अरब र इजिप्टबीच सन् २०१४ देखि द्विपक्षीय सम्वन्ध बलियो रहेको छ । इजिप्टमा सिसी सत्तामा आएपछि अरबसँगको सम्बन्धमा सुधार आएको बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?