श्वेतपत्र जारी गर्ने तयारीमा प्रदेश सरकार

+
-

विरेन्द्रनगर – कर्णाली प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने तयारी गरेको छ । ५२ प्रतिशत गरिबी रहेको यस प्रदेशका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रमसहित बजेट ल्याउने समय अझै बाँकी रहेकाले श्वेतपत्र जारी गर्ने तयारी गरेको हो ।

श्वेतपत्र मार्फत प्रदेश सरकारले गर्ने काम र प्राथमिकतालाई जनतामाझ जानकारी दिने भएको हो । जसका लागि आर्थिक मामिला तथा विकास मन्त्रालयले आवश्यक काम थालेको छ ।

कर्णाली प्रदेशका कार्यवहाक मुख्यमन्त्री प्रकाश ज्वालाले श्वेतपत्र तयार गर्नका लागि तथ्यांक सबै मन्त्रालयबाट आवश्यक ढाँचामा उपलब्ध गराउन आग्रह गरिएको बताए ।

उनले मन्त्रालयलाई वर्तमान अवस्था र प्रदेशका लागि आवश्यक योजना बारेमा विवरण पठाउन भनिएको बताए । उनका अनुसार मन्त्रालयबाट आएको तथ्यांक र विवरणका आधारमा मन्त्रीपरिषदबाट श्वेतपत्र जारी गरिने छ ।

कार्यवहाक मुख्यमन्त्री ज्वालाले प्रदेशको विकास, समृद्धि र जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि सरकारले गर्नुपर्ने काम र योजना समेटेर श्वेतपत्र जारी गरिने जानकारी दिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’